एमाले महाधिवेशन प्रतिनिधि: स्याङ्जामा पनि सर्वसम्मत छनोट
आइतबार, १४ मङ्सिर २०८२, ०९ : २०
सारांश
- एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट भइरहेको छ।
- स्याङ्जा जिल्लाबाट सर्वसम्मत नाम टुङ्गो लागेको एमालेले जनाएको छ।
- निर्वाचन क्षेत्र नं. १ र २ बाट विभिन्न पदका लागि प्रतिनिधिहरू छानिएका छन्।
पोखरा । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट धमाधम भइरहेको छ । स्याङ्जा जिल्लाबाट सर्वसम्मत नाम टुङ्गो लागेको एमालेले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ बाट खुला तर्फ नारायण प्रसाद मरासिनी, सुधिर कुमार पौडेल, चुनप्रसाद शर्मा र महेश पुरी चयन भएका हुन् । महिला तर्फ तारा शर्मा र चिनमाया गुरुङ तथा युवाबाट अमृत नेपाली चयन भए ।
निर्वाचन क्षेत्र नम्बर २ बाट पनि खुलातर्फ सूर्यप्रसाद गैरे (पारस), खिम बहादुर थापा र रामचन्द्र भट्टराई चयन भएका छन् । महिलातर्फ खगिसरा थापा र भीमा बराल थापा छनोट हुँदा युवातर्फ विश्वनाथ अर्याल छनोट भएका छन् । दलित तर्फ तिलकराम विश्वकर्मा र मेघ बहादुर सार्कीलाई चयन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण