कांग्रेस विवाद : देउवाले बोलाए डा.शेखरसहित पदाधिकारी र पूर्वपदाधिकारीलाई
सारांश
- शेरबहादुर देउवाले पार्टीभित्रको महाधिवेशन विवाद मिलाउन पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
- बैठकमा डा. शेखर कोइराला र रमेश लेखकसहितका नेताहरूलाई बोलाइएको छ।
- महाधिवेशन फागुन २१ मा गर्ने वा नगर्ने विषयमा नेताहरूबीच छलफल हुनेछ।
काठमाडौँ । पार्टीभित्र देखिएको महाधिवेशन विवाद मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् ।
दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा हुने बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकसहितका पदाधिकारी र पूर्वपदाधिकारी नरहेका वरिष्ठ नेताहरूलाई पनि बोलाइएको एक नेताले जानकारी दिए ।
गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि एक महिनासम्म पार्टीका गतिविधिमा नदेखिएका देउवाले पार्टीभित्र महाधिवेशनबारेको विवाद झन गहिरिँदै गएपछि पुनः सक्रियता देखाएका हुन् । बिहीबारदेखि नेताहरूसँग छुट्टाछुट्टै नेताहरूसँग छलफल गरिरहेका देउवाले आइतबार दुबैतर्फका नेताहरूलाई भेटमा बोलाएका हुन् ।
कांग्रेसमा संस्थापन पक्षका केही नेताले पार्टीको १५ औँ महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्नेमा अड्डी कसेपछि विवाद भइरहेको छ । निर्वाचन अगाडि महाधिवेशन गर्नै हुन्न भन्ने पक्षमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । संस्थापन पक्षमा अरु नेताहरू पनि निर्वाचन पछाडि महाधिवेशन गर्नपर्छ भनिरहेका थिए । तर, पार्टीको विवाद समाधान गर्न मध्यमार्गी नेताहरूको प्रयासपछि उनीहरू निर्वाचन अगाडि महाधिवेशनको प्रक्रिया सुरु गर्न राजी भएका छन् ।
तर निधि र सिटौला सहमत नहुँदा समस्या भइरहेको एक नेताले जानकारी दिए ।
कांग्रेस नेताहरूले देउवाको आह्वानमा हुने यो छलफलले नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषय आज टुङ्ग्याउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण