बनेपा-हेटौँडा बस सञ्चालनमा आएपछि आवागमन सहज
सारांश
- बनेपा-हेटौँडा बस सेवा सञ्चालनले यात्रुलाई यात्रा गर्न सहज बनाएको छ।
- यातायात प्रालिले पुसदेखि थप बस सञ्चालन गर्ने योजना बनाएको छ।
- स्थानीयका अनुसार, बस सेवाले समय र खर्च दुवैको बचत गराएको छ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक नगर बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालन गरेपछि यात्रुलाई सहज भएकाे छ । योसँगै बनेपाबाट हेटौँडासम्म जानका लागि विभिन्न मार्ग हुँदै घुमाउँरो सडकबाट जानुपर्ने बाध्यतासमेत हटेकाे छ ।
जिल्लाका मानिसहरूको मागलाई ध्यानमा राखी काभ्रे-पुन्यवती यातायात प्रालि पनौतीले यही मङ्सिर १ गतेदेखि बस सेवा सञ्चालन गरेकाे छ । बनेपा-हेटौँडा करिब एक सय १० किलोमिटर लम्बाइको दूरीमा अधिकांश सडक कच्ची छन् । यो सेवा प्रभावकारी देखिएपछि बस थप्ने योजना बनाइएकाे साे प्रालिले जानकारी दिएकाे छ ।
स्थानीय मानिसहरूको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको उक्त क्यू बसले बनेपाबाट पनौती हुँदै धुङ्खर्क, च्याम्य्राङबेँसी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौँडासम्म नियमित सेवा दिँदै आएको बेथानचोक गाउँपालिका-१ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिए ।
‘उक्त यातायात प्रालिलाई पत्र पठाएर बस सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरेपछि बनेपा-हेटौँडा सेवा सञ्चालनमा ल्याइयो । प्रालिले सेवाको आवश्यकता र प्रभावकारिता हेर्दै आगामी पुसदेखि बस थप्ने योजना बनायो ’, उनले भने ।
वडाध्यक्ष तिमल्सिनाका अनुसार बागमती प्रदेशअन्तर्गतको चितवनस्थित नारायणी यातायात सेवाले समेत बनेपा-हेटौँडा खण्डमा थप बस सेवा सञ्चालन गर्न प्रक्रिया थालेको छ । जिल्लाका जनप्रतिनिधिले सम्बन्धित निकायलाई उक्त खण्डमा अनुमति दिनेलगायत आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गर्दै आएका छन् ।
यसैबिच, बस सेवा सञ्चालन गरेसँगै प्रदेश राजधानीमा कार्यालय, व्यापारिक तथा व्यक्तिगत कामका लागि यात्रा गर्न सहज भएकाे स्थानीय सर्वसाधारणहरूले बताएका छन् । च्याम्राङबेँसीलाई केन्द्र मानेर सञ्चालनमा आएको यो बस सेवाले काभ्रेपलाञ्चोक र हेटौँडाबिचको आवतजावत सहज बनाएकाे च्याम्य्राङ्बेँसीका सन्तोष दाहालले बताए ।
उनले भने, ‘यसअघि, च्याम्य्राङ्बेँसीबाट हेटौँडा जान चार वटासम्म यातायात फेर्नुपर्ने बाध्यता थियो । यसले समय र खर्च पनि बढी लाग्थ्यो । अहिले बससेवा सञ्चालनपछि आवागमन सहज हुनुका साथै समय र खर्चको बचत भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण