आन्द्रे रसेलद्वारा आईपीएलबाट संन्यास घोषणा, अब नयाँ भूमिकामा
नयाँ दिल्ली । कोलकाता नाइट राइडर्स (केकेआर) का अलराउन्डर आन्द्रे रसेलले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट संन्यास घोषणा गरेका छन् । फ्रेन्चाइजसँगको एक दशक लामो सम्बन्धलाई टुङ्ग्याउँदै ३७ वर्षीय रसेल २०२६ को सिजनदेखि केकेआरको नयाँ 'पावर कोच'को रूपमा सहयोगी स्टाफको भूमिकामा रहनेछन् ।
रसेलले इन्स्टाग्राममार्फत केकेआरका फ्यानहरूलाई सीधा सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । 'मैले आईपीएलबाट संन्यास लिने निर्णय गरेको छु । म अझै पनि विश्वभरका विभिन्न लिगहरूमा र केकेआरका अन्य फ्रेन्चाइजीहरूका लागि सक्रिय रूपमा खेल्नेछु,' उनले लेखेका छन् । उनले आफ्नो आईपीएल करिअरलाई सम्झँदै प्रख्यात छक्काहरू, खेल जिताउने प्रदर्शनहरू र एमभीपी अवार्डहरूलाई स्मरण गरे, जसले उनलाई विश्वका सबैभन्दा डरलाग्दा टी-२० खेलाडीमध्ये एक बनाएको थियो ।
आफ्नो संन्यासको समयबारे रसेलले भने, 'म लोप हुन चाहन्नँ । म विरासत छोड्न चाहन्छु ।
तिमीमा अझै केही बाँकी छ ? संन्यास लिनु राम्रो हो ? भनी सोधेका थिए । जहाँ उनले अन्य फ्रेन्चाइजीहरूको जर्सीमा आफूलाई फोटोसप गरेको देख्दा केकेआरको बैजनी र सुनौलो रङ्गप्रतिको आफ्नो गहिरो लगाव महसुस भएको पनि स्वीकार गरे ।
रसेलले यो संक्रमणकालमा आफूलाई सहयोग गरेकोमा केकेआर व्यवस्थापनलाई उनले श्रेय पनि दिए । 'म र श्री भेन्की मैसूर तथा श्री शाहरुख खानबिच धेरै कुराकानी भए । उहाँहरूले मलाई माया र सम्मान दिनुभयो र मैदानमा मैले गरेका सबै कामको प्रशंसा गर्नुभयो,' उनले भने ।
अब आफ्नो यो नयाँ भूमिकाका लागि पनि उत्साहित भएको उनको भनाइ थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण