उज्ज्वल थापा वैकल्पिक राजनीतिका पिता हुन् : तोसिमा कार्की
सारांश
- रास्वपा नेतृ डा. तोसिमा कार्कीले उज्ज्वल थापालाई वैकल्पिक राजनीतिका पिताको रूपमा स्मरण गरिन्।
- उनले थापाले देखाएको बाटोमा रास्वपा अगाडि बढ्ने बताइन्, र वैकल्पिक शक्तिको आवश्यकता औंल्याइन्।
- उनका अनुसार, जेनजी क्रान्तिको माग पूरा गर्न वैकल्पिक शक्तिहरू एक हुनुपर्छ र नेतृत्व लिनुपर्छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेतृ डा. तोसिमा कार्कीले विवेकशील नेपालीका दिवंगत संस्थापक नेता उज्ज्वल थापा वैकल्पिक राजनीतिका पिता भएको बताएकी छिन् । आइतबार राष्ट्रिय सभा गृहमा भएको एकता सभामा बोल्दै उनले थापाले कोरेको बाटोमा रास्वपा अगाडि बढ्ने स्पष्ट पारिन् ।
‘वैकल्पिक राजनीतिक पार्टीको पिताका रूपमा म स्वर्गीय उज्ज्वल थापा दाइलाई लिन चाहन्छौँ । नेपालमा वैकल्पिक शक्ति आवश्यक छ । मूल धारमा आउन सम्भव छ । नेतृत्व गर्न सम्भव छ भनेर उहाँले बाटो देखाउनुभयो । रास्वपा उहाँले देखाएको बाटोमा अगाडि बढाउनेछौँ’, उनले भनिन् ।
जेनजी क्रान्तिकोको रूपमा तेस्रो जनआन्दोलनपछि नेपालको राजनीतिक अलमलिएको जस्तो भएको बेला वैकल्पिक शक्तिबिच एकै ठाउँमा उभिनु सकारात्मक भएको उनले बताइन् ।
उनले भनिन्, ‘यो देशले वैकल्पिक शक्तिहरू एक ठाउँमा आएर अगाडि बढ्नुपर्ने देशको आवश्यकता हो । जेनजी क्रान्तिको माग अब पुराना राजनीतिक दलहरूले नेतृत्व गर्न सक्दैन भन्ने हो । वैकल्पिक शक्तिले नै देशको नेतृत्व गर्न शक्ति नेता आवश्यकता छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण