सही नेतृत्व छान्नुहोस्, समृद्ध नेपाल सम्भव छः मन्त्री घिसिङ
सारांश
- मन्त्री घिसिङले देशलाई समृद्ध बनाउन योग्य नेतृत्व चयन गर्नुपर्ने बताए ।
- उनले एकता र सहकार्यबाट मात्र राष्ट्र अघि बढ्ने कुरामा जोड दिए ।
- आगामी निर्वाचनलाई देश परिवर्तनको अवसरका रूपमा लिँदै उनले सही नेतृत्व छान्न आग्रह गरे ।
सुनसरी । सहरी विकासमन्त्री कुलमान घिसिङले देशलाई समृद्ध बनाउन योग्य नेतृत्व चयन गर्ने समय आएको बताएका छन् । आज धरानमा आयोजित चौथो ‘१० करोड बज्रगुरु जप, एक हजार २०० प्राचीन अष्टगुरु रिन्पोछे लिला विश्व शान्ति पूजा तथा ङ्युङ्ने व्रत २०८२’ को समापन समारोहमा उनले नयाँ सोचका व्यक्ति र वैकल्पिक शक्ति एकजुट भएर अघि बढे मात्र मुलुकले रूपान्तरणको मार्ग समात्ने भन्दै त्यो अवसर नगुमाउन आग्रह गरेका हुन् ।
मन्त्री घिसिङले आपसी गालीगलौज र आरोपप्रत्यारोपले होइन, एकता र सहकार्यले मात्र राष्ट्र अघि बढ्ने स्पष्ट पारे । उनले भने, “हामी एकअर्कालाई गाली गरेर होइन, एकजुट भएर अघि बढ्नु आजको आवश्यकता हो । सबै एक भएर अघि बढ्दा मात्र देश समृद्धितर्फ जान्छ ।”
उनले आगामी निर्वाचनलाई देश परिवर्तनको ठूलो अवसरका रूपमा व्याख्या गर्दै जनतालाई जिम्मेवारीपूर्वक सही नेतृत्व छनोट गर्न आग्रह गरे ।
वर्तमान सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने रहेको उल्लेख गर्दै उनले नेपाललाई स्थायित्वतर्फ डो¥याउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण