दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार
सोमबार, १५ मङ्सिर २०८२, ०१ : ४३
सारांश
- मेचीनगरबाट दुई दुर्लभ कछुवाको उद्धार गरियो र प्रहरी चौकीमा राखियो।
- सुरेन्द्रकुमार महतले घरमा राखेका कछुवा शंकर लुइँटेलले उद्धार गरे।
- कछुवालाई अर्जुनधारास्थित प्रजनन केन्द्रमा पठाउने तयारी छ।
झापा । मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ ।
स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आएका थिए । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिको कछुवाको संरक्षण आवश्यक रहेको बताउँदै महतको घरबाट ती कछुवा उद्धार गरेका हुन् ।
संरक्षणकर्मी लुइँटेलले डिभिजन वन कार्यालय झापालाई कछुवा उद्धार गरिएको बताए । उद्धार गरिएका कछुवालाई डिभिजन वन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण