बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा १४ बुँदे सर्कुलर : प्रदेशहरुमा संयोजन गर्न को-को बने कमान्डर ? (पूर्णपाठ)

सोमबार, १५ मङ्सिर २०८२, १९ : ३९
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले १४ बुँदे विशेष परिपत्र जारी गरेको छ, जसमा संगठन विस्तार र भ्रष्टाचार विरोधी अभियान समावेश छन्।
  • पार्टीले विभिन्न प्रदेशमा संगठन संयोजनका लागि नेताहरूको कार्यविभाजन गरेको छ, जसमा प्रदेश संयोजक तोकिएका छन्।
  • पार्टीले भ्रष्टाचार विरोधी अभियानका लागि जिएस गुरुङको संयोजकत्वमा विशेष कार्यदल गठन गरेको छ र प्रचार प्रसारको जिम्मेवारी ओजस्वी भट्टराईलाई दिएको छ।

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो अध्यक्ष परिषद्को विस्तारित बैठकका निर्णयहरू कार्यान्वयन गर्न १४ बुँदे विशेष परिपत्र (सर्कुलर) जारी गरेको छ। अध्यक्ष परिषद्की अध्यक्ष दुर्गा सोवको अध्यक्षतामा मंसिर १२ गते काठमाडौँको तिनकुनेमा सम्पन्न बैठकले गरेका निर्णयहरूलाई समेट्दै पार्टीले आज देशभरका कमिटीहरूलाई सर्कुलर पठाएको हो।

परिपत्र मार्फत पार्टीले विभिन्न प्रदेशमा संगठन संयोजन गर्नका लागि नेताहरूको कार्यविभाजन तोक्नुका साथै भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।

पार्टीले ज्येष्ठताको आधारमा बैठक बसी जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार गर्न प्रदेश संयोजकहरूको नाम तोकेर पठाएको छ। जसअनुसार कोशी प्रदेश (एक नं. प्रदेश) को जिम्मेवारी केदार गुरागाईँ, मदन भट्टराई, शम्भु चौधरी र हेमन्त राईलाई दिइएको छ। मधेश प्रदेशमा आनन्द कुमार यादव, छठु चौधरी, प्रमोद मण्डल, मदन यादव, नविन यादव, नविन राय यादव, राजेश सिंह, सुरेश चौधरी र हसन्जन अन्सारीले संयोजनको जिम्मेवारी पाएका छन्।

बागमती प्रदेशको संयोजन गर्न आशा तामाङ, एक बहादुर राना, गोकर्ण अधिकारी, विष्णु हरि ढकाल, मान बहादुर तामाङ र राजन गौतम खटिनेछन् भने गण्डकी प्रदेशमा टिकाराम पौड्याल, दुर्गा गुरुङ, फडिन्द्र देवकोटा, बाबुराम नेपाली, नेत्र चापागाईं, यज्ञवल्लभ शर्मा र क्षितिज सापकोटालाई जिम्मेवारी तोकिएको छ।

लुम्बिनी प्रदेशको कमान्डरका रूपमा चिनक कुर्मी, पंकज राई, यज्ञ पोखरेल, लक्ष्मी प्रसाद भट्टराई, लुमाकान्त न्यौपाने र हिक्मत वि.क. रहेका छन्। कर्णाली प्रदेशमा प्रवल लाल शाही, मुन बहादुर नेपाली, राजेन्द्र बुढा र लक्ष्मी प्रसाद भट्टराईलाई खटाइएको छ। सुदूरपश्चिम प्रदेशको जिम्मेवारी गोविन्द सावद, दिपक साउद, दिपेन्द्र शाही, धर्म विश्वकर्मा, राम बहादुर देवकर (रक्तविज), सत्यदेवी चापागाईँ र हरि तिमिल्सिनालाई दिइएको छ।

यसैगरी, पार्टीले गैर-भौगोलिक प्रदेशको जिम्मेवारी इन्दिरा वास्टकोटी, एकराज शर्मा, गणेश कुँवर लगायतका नेताहरूलाई सुम्पेको छ। सन्तोष परियार र जेनजी समूहको तर्फबाट भने पछि थप गर्ने गरी व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।

बैठकले पार्टीको प्रचार-प्रसारको सम्पूर्ण जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष ओजस्वी भट्टराईलाई दिने निर्णय गरेको छ। त्यस्तै, पार्टीका विभाग, विज्ञ परिषद् र आयोगहरूको जिम्मेवारी मिलाउन सोनम सिंह स्याङताङ, ईश्वर रिजााल, रोशन पोखरेल, अनिल शर्मा लगायतको कार्यदल गठन गरिएको छ।

देशभर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न जिएस गुरुङको संयोजकत्वमा जटिल कार्की, अमित खनाल, सम्झना राई लगायत रहेको विशेष कार्यदल बनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप