मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बाफलबाट खैरो हिरोइन र नगदसहित १ जना पक्राउ

सोमबार, १५ मङ्सिर २०८२, १६ : १५
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • नेपाल प्रहरीले खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गर्‍यो ।
  • सिन्धुलीका युवराज लाखेलाई काठमाडौँको बाफलबाट पक्राउ गरिएको हो ।
  • प्रहरीले लाखेको साथबाट मोबाइल पनि बरामद गरेको छ, अनुसन्धान जारी छ।

काठमाडौँ । नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ बाफलमा लागूऔषध बिक्री वितरण तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई काठमाडौँको नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ५.८२ ग्राम लागूऔषध खैरो हिरोइन र रु ५४ हजार ६०० नगदसहित लाखेलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले उनका साथबाट एक थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप