यान्त्रिकरणतर्फ आकर्षित हुँदै गोरखाका किसान
सारांश
- गोरखाका किसानहरू यान्त्रिकरणतर्फ आकर्षित भएका छन्, ट्रयाक्टर र थ्रेसरको प्रयोग बढेको छ।
- उत्तरी भेगमा पनि मेसिनको प्रयोग बढिरहेको छ भने परम्परागत दाइँ घट्दै गएको छ ।
- कृषिमा यान्त्रिकरणले लागत घटाउनुका साथै कामलाई सजिलो बनाएको छ ।
गोरखा । केही वर्षदेखि यहाँका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित भएका छन् । गाउँ–बस्तीका किसानहरुले खेती गर्न ट्रयाक्टर तथा थ्रेसर प्रयोग गर्न थालेका छन् ।
उत्तरी गोरखाको हिमाली भेगमा पनि गहुँ, जौ, करु, फापर काट्न मेसिनकै प्रयोग गर्ने प्रचलन बढिरहेको किसानहरु बताउँछन् । तल्लो भेगको टार तथा फाँटहरुमा थ्रेसरको प्रयोग बढ्न थालेपछि दयँरे र गोरुको प्रयोग गरेर परम्परागत दाइँ गर्ने चलन प्रायः हटिसकेको स्थानीयवासीको भनाइ छ ।
परम्परागत दाइँ गर्न युवा जनशक्तिको अभाव रहेकाले थ्रेसर लोकप्रियता बढिरहेको पालुङ्टार ९ का महेन्द्र श्रेष्ठ बताउँछन् । उनका अनुसार युवा जनशक्ति विदेशिएपछि मेसिनले गर्ने दाइँमा दयँरे महिला हुने गरेका छन् ।
“एक महिनायता हाम्रो फाँटमा मात्र सात वटा मेसिनलाई भ्याइनभ्याइ छ । एकै दिनमा एउटा मेसिनले चार, पाँच जनाको दाइँ गर्दा अझै माग धान्न गाह्रो छ”, उनले भने, “पुरुषहरु त गाउँमा कमै छन् । त्यसैले घान हाल्ने र खन्याउने ठाउँमाचाहिँ पुरुष हुन्छन् । अरु काममा प्रायः महिलै हुन्छन् ।”
हिमालपारिको चुम उपत्यकामा तिब्बतबाट उपकरण ल्याएर फापर, गहुँ, जौ काट्ने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पूर्ववडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् । विगत पाँच वर्षदेखि मेसिनको प्रयोग गरेर बारी जोत्ने, बाली काट्ने, कुट्ने गर्न थालेको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रको तथ्याङ्कले कृषिमा यान्त्रिकरण वृद्धि भइरहेको देखाउँछ । हाल गोरखामा ७० प्रतिशत दाइँ सकिएको छ । जसमध्ये प्रायःतल्लो भेगको समथर फाँटहरुमा थ्रेसरको प्रयोग भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुमन भट्टराईले बताए ।
कृषिमा यान्त्रिकरणबाट करिब १५ प्रतिशत लागत (खर्च) कम हुने सूचना अधिकारी भट्टराईको भनाइ छ । उनी अनुसार कम खर्च र सजिलोका लागि कृषिमा यान्त्रिकरणको परम्परा बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण