एक सातामा आलुको मूल्य १३ प्रतिशतले घट्यो
सारांश
- कालिमाटी तरकारी बजारमा आलुको मूल्य घटेको छ।
- रातो आलुको मूल्य १३.६४ प्रतिशतले घटेर औसत ४७ रुपैयाँ प्रतिकिलो कायम भएको छ।
- सेतो आलुको मूल्य ७.९८ प्रतिशतले घटेको छ भने भारतीय रातो आलुको मूल्य १.३० प्रतिशतले बढेको छ।
काठमाडौँ । कालीमाटी तरकारी बजारमा आलुको मूल्य १३ प्रतिशतसम्म घटेको छ । मंगलबार (आज) बजारमा थोक मूल्य रातो आलु न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ , सेतो आलु न्यूनतम ३७ रुपैयाँदेखि अधिकतम ३८ रुपैयाँ र भारतीय रातो आलु न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँ रहेको छ ।
अघिल्लो सात (मंसिर ९ गते) रातो आलु न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ सेतो आलु न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँ र भारतीय रातो आलु न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ४६ रुपैयाँ रहेको थियो ।
बजारमा आज रातो आलु १३.६४ प्रतिशतले घटेर औसत मूल्य ४७ रुपैयाँ प्रतिकिलो रहेको छ । अघिल्लो साता (मंगलबार) यो आलुको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको थियो ।
गत मंगलबार ४०.७५ रुपैयाँ औसत मूल्य रहेको सेतो आलु ७.९८ प्रतिशतले घटेर आज ३७.५० रुपैयाँ औसत मूल्य रहेको जनाएको छ ।
गत मंगलबार भारतीय रातो आलु प्रतिकिलो ३८.५० रुपैयाँ औसत मूल्य रहेकोमा ३९ रुपैयाँ प्रतिकिलो पुगेको छ । यो आलु १.३० प्रतिशतले बढेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण