एनपीएल
डेभिड र अर्जुनको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य
मङ्गलबार, १६ मङ्सिर २०८२, १३ : २१
काठमाडौँ । डेभिड मलान र अर्जुन साउदको अर्धशतकको मद्दतमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको मंगलबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाउन सक्यो ।
चितवनका लागि डेभिड मलानले सर्वाधिक ८० रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । अर्जुन साउदले ३९ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । चितवनका कप्तान कुशल मल्लले ३० रनको योगदान गरे ।
जनकपुरका लागि कप्तान अनिल साह, रुपेश सिंह, निकोल इस्टोन र माज शदागदले एक–एक विकेट लिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण