भारतको चर्चित फुड ब्रान्ड 'बिकानो' नेपाल भित्रियो, एक अर्ब लगानीमा उद्योग सञ्चालनको तयारी
सारांश
- भारतको फुड ब्रान्ड बिकानो नेपाली बजारमा प्रवेश गरेको छ, उद्योग स्थापना नेपालगन्जमा हुनेछ।
- बिकानो नेपालले एक अर्ब लगानीमा उद्योग खोल्दैछ, जसले फेब्रुअरी २०२६ देखि उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।
- उद्योगले १०० भन्दा बढीलाई रोजगारी दिने र नेपालबाटै उत्पादन गरी भारत निर्यात गर्ने योजना बनाएको छ।
काठमाडौँ । भारतको प्रख्यात फुड ब्रान्ड बिकानो अब नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ ।
राजनीतिक तथा आर्थिक चुनौतीबिच नेपाली उद्योगीसँगको संयुक्त लगानीमा बिकानो नेपाल भित्रिएको हो । यस परियोजनाअन्तर्गत नेपालगन्जमा करिब एक अर्ब नेपाली रुपैयाँको लागतमा एक अत्याधुनिक उद्योग स्थापना हुनेछ, जसले नेपालको औद्योगिक क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
बिकानेरवाला फुड्स इन्डिया प्रालि र नेपाली उद्योगीहरूको संयुक्त लगानीमा यो ब्रान्ड नेपाल आएको हो । कम्पनीले दिएको जानकारीअनुसार करिब ७ बिघा क्षेत्रफलमा फैलिएको यस परियोजनाको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । उद्योगले आगामी फेब्रुअरी २०२६ देखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । यो महत्त्वाकांक्षी परियोजनाले प्रत्यक्ष रूपमा करिब १०० जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्नेछ ।
उद्योग सञ्चालनमा आएपछि बिकानो ब्रान्ड अन्तर्गतका भुजिया, नमकिन, मिठाई, पापड, आलु चिप्स लगायतका उच्च गुणस्तरका सम्पूर्ण उत्पादनहरू नेपाली उद्योगबाटै गरिनेछन् । कम्पनीले नेपाली स्वाद अनुसारका शुद्ध, रचनात्मक र स्वस्थकर उत्पादनहरू बजारमा ल्याउने योजना बनाएको छ ।
बिकानोले दिगो साझेदारी र स्थानीय सशक्तीकरणमार्फत अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गरेको छ ।
कम्पनीको नेपालस्थित परियोजनाका कार्यकारी अधिकृत जीवराज जैनका अनुसार यो उद्योगले स्थानीय माग पूरा गर्नुका साथै भारतका छिमेकी राज्य बिहार र उत्तर प्रदेशमा समेत उत्पादन निर्यात गर्ने योजना बनाएको छ । नेपालगञ्जको सीमावर्ती क्षेत्रको भौगोलिक विशेषताका कारण यो फ्याक्ट्री निर्यातका लागि महत्त्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ ।
नेपालमा आधुनिक, ठुलो र ब्रान्डेड खाद्य उत्पादन उद्योग स्थापना हुने क्रम बढ्दै गएको सन्दर्भमा बिकानोको प्रवेशले खाद्य उद्योग र रोजगारी क्षेत्रका साथै नेपालको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण