फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक
काठमाडौँ । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार निर्माण टिमले एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।
३ मिनेट १ सेकेण्डको ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई वाचन गरिएको छ। विभिन्न कारणले अष्ट्रेलिया पुगेका युवाहरूको सपना पीआर लिने भन्ने हुन्छ ।
तर पीआरका लागि गर्ने सङ्घर्षको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छन् । ट्रेलर हेर्दा फिल्ममा लभस्टोरी,बिछोड तथा आफ्नो देश आफ्नै हुन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
यही मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्ममा अष्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल,विनिता कार्कीको मुख्य भूमिका छ ।
उनीहरूको अलवा फिल्ममा राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको अभिनय छ । फिल्मको विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ ।
फिल्मको ट्रेलरमा नीर शाहको बोलेको ‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’संवादले दर्शकको मन छुनेमा निर्माण पक्षको बुझाई छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् ।
सौरभ सायमी र सौरभ लामाले फिल्मको छायाङ्कन गरेको फिल्मलाई सम्पादन बन्दे प्रसादले गरेका छन्। साथै गणेश बुढाथोकीको लेखन रहेको फिल्मका गीतमा मानस राजको संगीत,सनुप पौडेल र नीतु पुनको गायनलाई सुन्न सकिनेछ। फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ भने वितरण आर आर फिल्म्सले गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण