एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री
सारांश
- व्यास नगरपालिका-१४ को केशवटारबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भयो।
- सात गाउँबाट करिब १ करोड १३ लाखको सुन्तला बिक्री भएको छ।
- कृषकहरू सुन्तला खेतीबाट उत्साहित छन् र अनुदान कार्यक्रमहरूले सहयोग गरेका छन्।
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
उक्त वडामा रहेका सात वटा गाउँबाट उत्पादित रु एक करोड १३ लाख मूल्यको सुन्तला बिक्री भएको हो ।
स्थानीय कृषक चप्पले थापाले आफूले रु १४ लाख बढीको सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश कृषक व्यावसायिक फलफूल र तरकारीखेतीतर्फ आकर्षित भएका उनले बताए ।
सबैभन्दा धेरै ठिन गाउँबाट रु ५० लाखको सुन्तला बिक्री भएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार कुलुङबाट रु २६ लाख ३१ हजार, मरौटेबाट रु नौ लाख, नयाँ गाउँबाट रु आठ लाख, हर्कपुरबाट रु छ लाख, केशवटार र रुम्सीबाट रु एक/एक लाखको सुन्तला बिक्री भएको छ ।
वडाध्यक्ष श्रेष्ठले कृषकलाई फलफूल र तरकारीतर्फ व्यावसायिक बनाउन बिरुवा, बीउ बिजन र कृषि सामग्रीमा अनुदान कार्यक्रमलाई प्रोत्साहन गरिँदै आएको बताए । उनले भने, “वडा कार्यालयबाट ५० प्रतिशत अनुदानमा आठ हजार सुन्तलाका बिरुवा वितरण गरेका थियौँ । ती बोटले पनि फल दिन सुरु गरेका छन्, आउँदो वर्षदेखि अझै उत्पादन बढ्नेछ ।”
यहाँका २०० बढी किसान व्यावसायिक रूपमा फलफूल र तरकारीखेतीमा लागेका छन् । कृषक लुकबहादुर थापाले रु साढे चार लाख र नेत्र थापा रु चार लाखको सुन्तला बिक्री गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण