१२ बजे १२ समाचार: मधेसमा एमालेलाई धक्का, एमाले ओखलढुङ्गाको प्रतिनिधि छनोट प्रक्रिया रद्द
सारांश
- एमालेले प्रदेश प्रमुख र सभामुख गुमाए पछि मुख्यमन्त्री पनि गुमाएको छ।
- ओखलढुङ्गामा एमालेको प्रतिनिधि छनोट प्रक्रिया रद्द गरिएको छ।
- श्रम संस्कृति पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गर्यो, जसमा 'हर्कवाद' मुख्य सिद्धान्त रहेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. प्रदेश प्रमुख र सभामुखपछि मुख्यमन्त्री गुमाउँदै एमाले
यसअघि एमालेबाटै सभामुख रहेका रामचन्द्र मण्डल र एमालेको सिफारिसमा प्रदेश प्रमुख बनेकी सुमित्रा भण्डारी पदमुक्त भएका थिए । यी सबै घटनाको कारण एउटै हो– निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि प्रदेशसभाको ठुलो दलको हैसियतमा एमालेका यादवलाई हतार–हतार मुख्यमन्त्रीमा नियुक्त गर्नु ।
२. एमाले ओखलढुङ्गाको प्रतिनिधि छनोट प्रक्रिया रद्द
नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्लाको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया रद्द गरेको छ। जिल्ला सदरमुकाममा सम्पन्न भनिएको प्रतिनिधि छनोट प्रक्रिया विधि र निर्देशन विपरीत भएको भन्दै केन्द्रले त्यसलाई अस्वीकार गरेको हो।
३. श्रम संस्कृति पार्टीको घोषणापत्रः मूल सिद्धान्त ‘हर्कवाद’
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो प्रारम्भिक घोषणापत्र तथा मुख्य एजेन्डाहरू सार्वजनिक गरेको छ ।
४. मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएको छ ।
सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरिएका २७ वटा विभिन्न निर्णयहरूमा महत्त्वपूर्ण नियुक्ति, आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधार निर्माणसँग सम्बन्धित विषयहरू समेटिएका छन् ।
५. सरकारका दुई निर्णयमा सर्वोच्चको रोक
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका दुई निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नयाँ राजनीतिक दलहरू आ–आफ्नै ढंगले तयारी गरिरहेका छन् ।
६. आयोगका पदाधिकारीको जागिर बच्यो, भूमिहीनलाई जग्गा दिलाउन सक्ला ?
सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालयहरू ब्युँताइदियो । न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार निर्णय विरूद्धको निवेदनमा रिट जारी गर्ने फैसला गरेको हो ।
७. पुरानालाई धक्का दिने तयारीमा नयाँ दल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नयाँ राजनीतिक दलहरू आ–आफ्नै ढंगले तयारी गरिरहेका छन् ।
८. सरकारले नगद कारोबार सीमा किन घटायो, कस्तो पर्छ प्रभाव ?
सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण गर्ने उद्देश्यले नगद कारोबारमा कडाइ गर्दै सीमा निर्धारण गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नगद कारोबारको सीमालाई खुम्च्याएको हो ।
९. एनपीएल
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा मंगलबार दुई खेल भएका छन् । पहिलो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजले हराएको छ भने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई हराएको छ ।
१०. पूर्वमुख्यमन्त्रीको संरक्षण तोड्दै कुलमान
सरकारले हेटौँडा बजार क्षेत्रमा सडक विस्तारका लागि ‘राइट अफ वे’ क्लियर गर्ने कामलाई तीव्रता दिने भएको छ ।
सडक डिभिजन कार्यालयले सडकको क्षेत्राधिकारभित्र पर्ने घर टहरा हटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसका साथै मंसिर २० गतेदेखि अतिक्रमित क्षेत्रका घर टहरा हटाउने जनाएको छ ।
११. ओलीले राम्रै गरिरहनुभएको थियो भने बालुवाटार छाडेर किन जानुभएको त ?
१२. तोकिएकै मितिमा महाधिवेशन हुनेमा आशङ्का
४९ दिनको रस्साकस्सीपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सोमबार पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गर्यो । तर, तोकिएको मितिमा महाधिवेशन हुनेमा धेरैले आशङ्का व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण