७ करोड ठगीका फरार प्रतिवादी पक्राउ
बुधबार, १७ मङ्सिर २०८२, १६ : ३०
सारांश
- काठमाडौं प्रहरीले ७ करोड ठगी गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुनसरीको अन्जनी हार्डवेयर सप्लायर्सका सञ्चालक रतन ठाकुर छन्।
- उनलाई मंगलबार बानेश्वरबाट पक्राउ गरिएको हो, र थप अनुसन्धानका लागि सुनसरी पठाइएको छ।
काठमाडौँ । काठमाडौँ प्रहरीले ७ करोड रुपैयाँ ठगी गरेर फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका १६ घर भई सुनसरीस्थित अन्जनी हार्डवेयर एन्ड सप्लायर्स पसल सञ्चालन गर्दै आएका रतन ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ठाकुरलाई मङ्गलवार बानेश्वरबाट पक्राउ गरेको हो । ठाकुरलाई जिल्ला अदालत सुनसरीले पक्राउ गर्न अनुमति दिएको थियो । त्यसलगत्तै फरार रहेका उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
ठाकुरलाई हैदर अलीले ७ करोड बराबर बिगो दाबी गर्दै ठगी सम्बन्धी मुद्दा दायर गरेका थिए ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण