शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अर्थशास्त्रको नोबेल पुरस्कार विजेताले चिन्न नसकेको चीनको प्रगति

बिहीबार, १८ मङ्सिर २०८२, ०९ : ५३
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • अर्थशास्त्रीहरूले मुलुकको सफलता र असफलताको कारण खोज्दै गरेको अध्ययनबारे चर्चा गरिएको छ।
  • लेखमा चीनको आर्थिक वृद्धिलाई लिएर संस्थावादीहरूको तर्कमाथि उठेका प्रश्नहरू प्रस्तुत गरिएको छ।
  • लेखले देशहरूलाई केले धनी बनाउँछ भन्ने पुरानो प्रश्नको सट्टा चीनको उदयलाई विश्लेषण गरेको छ।

२५ वर्षअघि अर्थशास्त्र संकटमा थियो । जबकि अर्थशास्त्रीहरू नै यो विषयमा धेरै जानकार थिएनन् । मानिसले धेरै चासोका साथ राखेका ठुला प्रश्नबाट अर्थशास्त्र पन्छिरहेको थियो । सन् २००७ मा ‘न्यु रिपब्लिक’को कभर स्टोरीमा नोम सेइबरले औँल्याएको ‘ज्ञान मामुली प्रश्नको जवाफ खोज्दै ज्ञान मार्गमा अघि बढ्छ’ भन्ने मान्यता जबर्जस्त स्थापित थियो ।

ठिक त्यसै वरपर अर्थशास्त्रीत्रय डारोन एसमोग्लु, जेम्स ए रबिन्सन र साइमन जोन्सन भने सबैभन्दा ठुलो मानिएको प्रश्नमा घोत्लिइरहेका थिए । उनीहरू ‘किन केही मुलुकहरू सफल र अन्य मुलुक असफल हुन्छन् ?’ भन्ने प्रश्नको जवाफ खोजिरहेका थिए । उनीहरूमध्ये एकजना अर्थशास्त्र विभागमा प्राज्ञिक काममा थिए, अर्का राजनीतिशास्त्रमा त तेस्रा बिजनेस स्कुलमा आबद्ध थिए । 

उनीहरूले खोजेको जवाफ पनि कतै यिनै विधाको माझमा थियो । उनीहरूले ठ्याक्कै जवाफ भेटेका थिएनन्, भेटेका जवाफमा पनि धेरै छिद्र फेला पार्न सकिन्थ्यो । हामीले खोज्ने काम पनि गर्‍यौँ, यति हुँदाहुँदै पनि उनीहरूले उठाएको प्रश्न मामुली थिएन । यसको ठुलो महत्त्व थियो ।

आजभन्दा २४ वर्षपहिले क्याम्ब्रिज विश्वविद्यालयको खचाखच भरिएको हलमा भएको कार्यक्रमबाट म दस्ताबेजको परिचयमा प्रयोग गरिने अक्षर ‘एजेआर २००१’ भएको एक महत्त्वपूर्ण दस्ताबेजसँग परिचित भएको थिएँ । त्यसले व्याख्या गर्न खोजेको विषय महत्त्वाकाङ्क्षी थियो, साथै उत्तिकै प्रस्ट पनि । प्रस्तुतिको केन्द्रीय प्रश्न थियो, ‘पाँच सय वर्ष अघिका गरिब राष्ट्रहरू आज कसरी धनी भए तथा त्यो बेलाका धनी राष्ट्रहरू अहिले गरिब कसरी भए ?’ 

एसमोग्लु, जोन्सन र रबिन्सनका सबै जवाफ समयसँगै कतिको खरो उत्रिन्छन् भन्न गाह्रो छ तर उनीहरूले अर्थशास्त्रका क्षेत्रमा पक्कै महत्त्वपूर्ण योगदान गरेका छन् ।

राम्रो होस् वा नराम्रो, संस्थाहरू नै प्रगति वा अवनतिका मूल कारण हुन् भन्ने उनीहरूको जवाफ थियो । स्वेच्छाचारी शक्तिमा कस्तो अङ्कुश लागेको छ ? स्वार्थ समूहले शक्तिको अभ्यास कसरी गरिरहेका छन् ? शोषणबाट जोगाउन कस्तो प्रबन्ध गरिएको छ ? आदि विषयले मुलुकको नियति निर्धारण गर्छ भन्ने उनीहरूको कथन थियो । 

केही संस्थाहरू दोहनकारी ढंगले रचना गरिएका हुन्छन्, यिनीहरू सम्भ्रान्त वा सीमित व्यक्तिको हितको सेवा गर्ने खालका हुन्छन् । यिनीहरूले व्यापक जनताको सेवा गर्दैनन् । कुनै संस्था समावेशी र गतिशील प्रकृतिका हुन्छन् । ‘एजेआर २००१’ नामक दस्ताबेजबाट सुरु भएको नवसंस्थावादी धाराले दोस्रो प्रकारको अर्थात् समावेशी र गतिशील संस्थाले मात्र राम्रो काम गर्ने निष्कर्ष निकाल्यो ।

एसमोग्लु लगायतले तुलनात्मक रूपमा परम्परागत धारणा नै मान्ने रूपमा चिनिएको उक्त विश्वविद्यालयको अर्थशास्त्रको स्कुलमा उपनिवेशवादका विकृत प्रभावबारे, आर्थिक वृद्धिमा अल्पसङ्ख्यकको अधिकारको महत्त्वबारे तथा अफ्रिकी मुलुकको खराब आर्थिक प्रदर्शनमा औपनिवेशिक शोषणको भूमिकाको प्रधानता रहेकोबारे राम्रोसँग बहस गरेका थिए । 

यो आफैँमा महत्त्वपूर्ण थियो । तिनताका यो साहसी काम पनि थियो । उनीहरूले उपनिवेश, इतिहास, विकास आदिलाई जोडेर प्रस्टसँग भने, ‘तपाईं वर्तमानको अवस्थाका लागि विगतलाई दोष दिन सक्नुहुन्छ तर यसले भविष्य कस्तो बनाउँछ भन्ने निश्चित हुँदैन ।’

चीनको उदयले संस्थावादीका प्रश्न र जवाफ दुवैमा गम्भीर आशङ्का पैदा गराइदिएको छ । देशहरू कसरी धनी बन्छन् भन्ने प्रश्न गम्भीरताका साथ सोधिन छाडिसकेको थियो, तर चीनको मामिलामा अवस्था भिन्न भइदियो ।

यी तर्क त्यो समयमा विवादास्पद थिए, आज पनि केही हदसम्म विवादास्पद नै छन् । निराशाजनक विज्ञानका रूपमा लिइने अर्थशास्त्रको क्षेत्रमा ती जवाफ उल्लेखनीय रूपमा आशावादी थिए । उनीहरूले प्रस्ट भनेका थिए— पश्चिम वा अमेरिकामा त्यस्तो केही छैन, जुन संसारभर बनाउन नसकियोस् । मात्र आवश्यक सुधार र उचित संस्थाको विकासको खाँचो हो ।

यीमध्ये केही प्रश्न, खासगरी औपनिवेशिकता वा अफ्रिकाको सङ्घर्षसँग सम्बन्धित प्रश्नहरू अझै पनि सोधिनेछन् । तर, यसै साता उनीहरूले अर्थशास्त्रमा पाएको नोबेल बारेका चर्चाहरू हेर्दा मलाई के लाग्यो भने, देशहरूलाई केले धनी बनाउँछ भन्ने प्रश्न अब पुरानो भइसक्यो । ठुलो प्रश्न हुँदाहुँदै पनि अब यो सोधिनेछैन । यसलाई अब रहस्यका रूपमा हेर्न छाडिएको छ ।

यस पछाडिको कारण सजिलो छ । त्यो हो, पछिल्लो दुई दशकमा भएको चीनको उदय । अन्य मुलुक पनि यो अवधिमा अगाडि नआएका होइनन् । जस्तै : भारत केही हदसम्म अगाडि बढेको छ । दक्षिणपूर्वी एसियाका केही देश पनि अगाडि आउन प्रयासरत छन्, तर चीन मात्र यस्तो देश हो, जुन साँच्चिकै धनी बन्ने बाटोमा छ ।

चीनको यो उदयले संस्थावादीका प्रश्न र जवाफ दुवैमा गम्भीर आशङ्का पैदा गराइदिएको छ । देशहरू कसरी धनी बन्छन् भन्ने प्रश्न गम्भीरताका साथ सोधिन छाडिसकेको थियो । तर, चीनको मामिलामा अवस्था भिन्न भइदियो । विगतका जवाफहरू अनुसार समावेशी, सहयोगी र उच्चकोटिका संस्थाको विकासको आँखाले हेर्दा चीनको उदयको प्रश्नमा उनीहरूको जवाफसँग तादात्म्य भेटिँदैन । 

यसै साता अर्थशास्त्रमा पाएको नोबेल पुरस्कार बारेका चर्चा हेर्दा मलाई लाग्यो, देशहरूलाई केले धनी बनाउँछ भन्ने प्रश्न अब पुरानो भइसक्यो । ठुलो प्रश्न हुँदाहुँदै पनि अब यो सोधिनेछैन । यसलाई अब रहस्यका रूपमा हेर्न छाडिएको छ ।

थप अर्को प्रश्न उठ्छ— बेइजिङको दमनकारी राज्य व्यवस्थामा पुँजीवादी आर्थिक वृद्धि र कायापलट कसरी सम्भव भयो ?

संस्थावादीले अझै पनि केही टालटुल जवाफ त दिन सक्छन् । जस्तो : चीनको उदयलाई नीतिगत र संस्थागत सुधारसँग जोड्न सक्छन् । सन् १९८० पछि अर्थतन्त्रमा कम्युनिस्ट पार्टीको नियन्त्रणमा आएको खुकुलोपना, सीमित सुरक्षा दिइएका उद्यमी तथा केही प्रान्तीय तथा क्षेत्रीय पार्टीले अभ्यास गरेको स्वायत्तताले आर्थिक वृद्धिलाई उडान भर्न सहज बनाएको भन्ने तर्क गर्न सक्छन् । 

उनीहरूको तर्कलाई सत्य मान्ने हो भने चीनको हालको नेतृत्वले गर्ने राजनीतिक र आर्थिक स्वतन्त्रमाथिको अवरोधले चीनको आर्थिक वृद्धिलाई सुस्त बनाउनुपर्ने हो । वास्तवमा सन् २०१२ मा एसमोग्लु आफैँले चीनको आर्थिक वृद्धिमा सुस्तता आउने प्रक्षेपण गरेका थिए । चीनको अर्थतन्त्र अमेरिकाको तुलनामा ३० देखि ४० प्रतिशतको हाराहारी पुग्दा चीनको वृद्धि सुस्त हुने उनको भविष्यवाणी थियो ।

अब संस्थावादीको तर्कमा दम छैन भन्ने बुझ्न अप्ठेरो पर्दैन । चिनियाँ संस्थाहरू तुलनात्मक रूपमा अन्य धेरै मुलुकभन्दा दोहनकारी छन् तर समावेशी संस्था भएका भनिएका मुलुकले प्रगति गरेका छैनन्, चीनले त प्रगति गरेको प्रस्ट देखियो ।

उनीहरूको तर्कको सबैभन्दा बलियो पक्ष नै नकारात्मक पक्ष हुन पुग्यो । यस तर्क अनुसार चिनियाँ संस्कृति परिवर्तन भएकाले वा भौगोलिक अवरोध हटेकाले वृद्धि भएको छैन, बरु सुधार ल्याउन चाहनेलाई थप शक्ति दिने ढंगले राजनीतिक सन्तुलन परिवर्तन भएकाले वृद्धि भएको हो ।

एसमोग्लु, जोन्सन र रबिन्सनका सबै जवाफ समयसँगै कतिको खरो उत्रिन्छन् भन्न गाह्रो छ । तर, उनीहरूले अर्थशास्त्रका क्षेत्रमा पक्कै महत्त्वपूर्ण योगदान गरेका छन् । मेरा लागि धेरै महत्त्वपूर्ण उनीहरूले आर्थिक अनुसन्धानमा ल्याएको फराकिलो दायरा हो । 

सत्य भेटिँदै जानेछ । नयाँ कुनै जवाफ सत्य भएछ भने पनि मेरो विचारमा त्यो पनि यिनीहरूको जस्तै आशावादी पक्कै हुनेछ । उनीहरू चीनको उदाहरण देखाउँदै थप भन्छन्, ‘माली नामको अफ्रिकी देश किन गरिब छ भन्ने प्राकृतिक कारण छैन । त्यस मुलुकका पनि नागरिक धनी हुन सम्भव छ ।’

(ब्लुमबर्गबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिहिर शर्मा
मिहिर शर्मा
लेखकबाट थप