चोरले निलेको २७ लाख पर्ने हिराजडित लकेट ‘प्राकृतिक’ विधिबाट निकालियो
सारांश
- न्युजिल्यान्डमा एक पुरुषले पेटमा लुकाएको २७ लाख रुपैयाँको हिरा जडित लकेट प्रहरीले बरामद गरेको छ।
- अकल्यान्डको एक ज्वेलर्सबाट लकेट चोर्ने प्रयास गर्दा ती पुरुष पक्राउ परेका थिए, र उनलाई चोरीको आरोप लागेको छ।
- लकेटमा ६० वटा सेतो हिरा र १५ वटा नीलो नीलमणि जडिएका थिए, र यो १९८३ को जेम्स बन्ड फिल्मबाट प्रेरित थियो।
वेलिङ्टन । चोरी गर्ने प्रयासमा निलेर पेटमा लुकाएको हिरा जडित लकेट न्युजिल्यान्डका एक पुरुषबाट बरामद गरिएको प्रहरीले जनाएको छ । न्युजिल्यान्ड प्रहरीले बीबीसीलाई बताएअनुसार, करिब २७ लाख नेपाली रुपैयाँ मूल्यको सो फबर्गे एग लकेट ‘प्राकृतिक’ विधिबाट बरामद भएको र यसका लागि ‘चिकित्सा हस्तक्षेपको आवश्यकता परेन’ ।
यो घटना अकल्यान्डको मध्यभागमा रहेको पार्टरिज ज्वेलर्समा भएको करिब एक हप्तापछि प्रकाशमा आएको हो । ३२ वर्षीय ती पुरुषलाई लकेट निलेको केही मिनेटपछि नै प्रहरीले पक्राउ गरेको थियो ।
ज्वेलर्सको वेबसाइटका अनुसार, निलेको सो लकेटमा ६० वटा सेतो हिरा र १५ वटा नीलो नीलमणि जडिएका छन् र खोल्दा भित्र १८ क्यारेट सुनको सानो अक्टोपस देखिन्छ । ती पुरुषमाथि चोरीको आरोप दर्ता गरिएको छ ।
प्रहरीले यसअघि नै जनाएअनुसार, लकेट निलेको घटनापछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो र निरन्तर निगरानीमा राखिएको थियो । यो लकेटलाई ‘अक्टोपसी एग’ नाम दिइएको छ, जुन १९८३ को जेम्स बन्ड फिल्मबाट प्रेरित छ । त्यो फिल्ममा पनि फबर्गे अण्डा चोरीको कथावस्तु छ । विश्वप्रसिद्ध रुसी ज्वेलरी कम्पनी फबर्गे विशेषगरी रत्न र बहुमूल्य धातुबाट बनाइएका अण्डाका लागि प्रसिद्ध छ ।
चोरीको आरोप लागेका ती संदिग्धलाई डिसेम्बर ८ मा अदालतमा पुनः उपस्थित गराइनेछ । अभियोग पत्रअनुसार, ती उनीमाथि चोरीको अन्य आरोप पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण