मोरङसहित तीन जिल्लामा तीन जना मृत फेला
शुक्रबार, १९ मङ्सिर २०८२, १३ : ४८
काठमाडौँ । देशका विभिन्न तीन जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन् । मोरङ, नवलपरासी पूर्व र दैलेखमा ती व्यक्तिहरू मृत भेटिएका हुन् ।
- मोरङ: बेलबारी नगरपालिका-१ बस्ने ७१ वर्षीया मसिनी दर्जी सोही ठाउँस्थित कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
- नवलपरासी पूर्व: मध्यबिन्दु नगरपालिका-२ गैंडाखासास्थित नारायणी नदी किनारामा बिहीबार हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।
- दैलेख: डुङ्गेश्वर गाउँपालिका-५ नयाँ गाउँस्थित कोईराल खोला बस्ने ५५ वर्षीया नैनसरा बुढा सोही ठाउँस्थित चङखेल खोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीले यी सबै घटनाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण