महोत्तरीमा जनपक्षीय पत्रकारिता तालिम सुरु
काठमाडौँ । महोत्तरीको बर्दिवासमा जनपक्षीय पत्रकारिताका लागि आधारभूत तालिम सुरु भएको छ । जनप्रचार तथा प्रकाशन प्रा.लि मधेस प्रदेशले आयोजना गरेको तालिम शुक्रबार महोत्तरीको बर्दिवास ८ हात्तिलेथमा सुरु भएको हो ।
तालिम उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का स्थायी समिति सदस्य एवम् मधेस प्रदेशका इन्चार्ज अनिल सीले मधेसमा जनपक्षीय पत्रकारिता अभावले सामन्तवाद हाबी रहेको बताए ।
उनले मधेसमा रहेको पुरानै सामन्तवादका शैली र तौरतरिका विरुद्ध लड्न जनपक्षीय कलम चलाउने पत्रकारको अभाव रहेको बताउँदै यो तालिमले पूर्ति गर्नेमा विश्वास व्यक्त गरे ।
तालिम उद्घाटन कार्यक्रममा नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य देवनारायण सी,सांसद तथा माओवादी केन्द्रीय सदस्य तथा सहित परिवार शीला सीले तालिम सफलताको शुभकामना दिएका थिए । जनपत्रकार सङ्गठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष एवम् जनप्रचार तथा प्रकाशन प्रा.लिका प्रधानसम्पादक प्रकाश डुम्रेको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन जनपत्रकार सङ्गठनका केन्द्रीय सचिवालय सदस्य शोभराज बरालले गरेका थिए ।
तालिमको पहिलो दिन सूचना प्रविधिको विकास, पत्रकारितामा सूचना प्रविधि र उद्घोषणाको बारेमा तालिमका प्रमुख प्रशिक्षक पत्रकार डुम्रे र प्रशिक्षक बरालले प्रशिक्षण दिएका थिए । दुई दर्जन बढी प्रशिक्षार्थी सहभागी तालिम आइतबारसम्म चल्नेछ ।
तालिममा मधेसका जनपक्षीय मुद्दाहरूलाई प्राथमिकतासाथ राष्ट्रियकरण गर्ने विषयमा समेत प्रशिक्षण दिइने आयोजकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण