टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट’ सडक बत्ती
सारांश
- टोखा नगरपालिकाका मुख्य सडकमा स्मार्ट सडकबत्ती जडान गरिएको छ।
- नगरपालिका र प्राधिकरणको संयुक्त लगानीमा यो परियोजना सम्पन्न भएको हो।
- यसले यातायात व्यवस्थापन, सुरक्षा र सामाजिक सेवामा सुधार गर्नेछ।
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट’ सडक बत्ती जडान गरिएको छ ।
टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडक बत्ती’ जडान गरिएको हो । उक्त सडक बत्तीको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे । स्मार्ट सडक बत्तीको शुभारम्भ गर्दै नगरप्रमुख अधिकारीले उज्यालो टोखा निर्माण गर्ने आफ्नो प्रतिबद्धता पुरा भएको बताए। उनका अनुसार सामाखुशीदेखि झोर, नयाँ बसपार्कदेखि भत्केको पुल, साउथ वेस्टन कलेजदेखि धापासी हाइट र दाहालगौँडादेखि ग्रीनल्याण्ड क्षेत्रमा सडक बत्ती जडान गरिएको छ ।
टोखा नगरपालिकाले २०८१ पुस २४ गते टोखाभित्रका मुख्य सडकमा यातायात व्यवस्था प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न सडक बत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार टोखामा सडकबत्ति जडान गर्न नगरपालिकाले ६५ प्रतिशत र प्राधिकरणले ३५ प्रतिशत रकम व्यहोर्ने उल्लेख गरिएको थियो । सम्झौताअनुसार टोखा नगरपालिकाले रु दुई करोड ८४ लाख ८३ हजार र प्राधिकरणले रु एक करोड ५३ लाख ३७ हजार लगानी गर्ने उल्लेख छ ।
सडक बत्ती जडान गर्न प्रविधिको छनोट, बोलपत्रमार्फत खरिद कार्य सम्पन्न तथा निर्माणकार्यको सुपरिवेक्षणलगायतकार्य प्राधिकरणले गर्ने सम्झौतामा उल्लेख थियो । नगरपालिकाको स्वामित्वमा रहेका सोलार, सडक बत्ती जडित खम्बामा नयाँ स्मार्ट सडक बत्ती जडान गर्नुपर्ने भएमा नगरपालिकाले आफ्नै खर्चमा हटाइदिने, नगरपालिकाले सडक बत्ती उपयोग गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम कानुन बमोजिम तिर्ने, सडक बत्तीको प्रयोग गरेबापतको रकम मासिक रूपमा प्राधिकरणलाई भुक्तानी गर्ने सम्झौतामा उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण