दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
सारांश
- दक्षिण अफ्रिकाको प्रिटोरियास्थित एक छात्रावासमा बन्दुकधारीको आक्रमणबाट ११ जनाको मृत्यु भएको छ, जसमा एक बालक पनि छन्।
- प्रहरीका अनुसार, आक्रमणमा २५ जना घाइते भएका छन्, जसमध्ये १४ जना अस्पतालमा भर्ना भएका छन्।
- बन्दुकधारीहरूले बिहान ४:३० बजे छात्रावासमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए, तर आक्रमणको उद्देश्य अझै अज्ञात छ।
प्रिटोरिया । दक्षिण अफ्रिकाको प्रिटोरियास्थित एक छात्रावासमा बन्दुकधारीहरूले शनिबार बिहान आक्रमण गर्दा तीन वर्षीय बालकसहित ११ जनाको हत्या भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता एथ्लेन्डा माथेका अनुसार आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि भएको छ, जसमध्ये १४ जनालाई अस्पतालमा भर्ना गरिएको छ।
प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुँदा दश जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा ज्यान गएको उनले बताएका छन्।
प्रहरीका अनुसार तीन जना बन्दुकधारीहरू बिहान ४:३० बजे छात्रावास परिसरमा प्रवेश गरी पुरुषहरूको समूहमा अन्धाधुन्ध गोली चलाएका थिए। प्रवक्ता माथेले गोली हानाहानको उद्देश्य पत्ता लगाउन नसकिएको उल्लेख गर्दै अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको जानकारी दिएका छन्।
दक्षिण अफ्रिका अहिले सङ्गठित सञ्जालद्वारा सञ्चालित अपराध र भ्रष्टाचारसँग जुझिरहेको छ। मुलुकमा धेरै मानिसहरूसँग इजाजतपत्र प्राप्त हतियार रहे पनि धेरै अवैध बन्दुकहरू प्रचलनमा रहेको जनाइएको छ। प्रहरीका अनुसार गत अप्रिलदेखि सेप्टेम्बरसम्म प्रत्येक दिन करिब ६३ जनाको मृत्यु आक्रमणका कारण हुने गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण