कर्णालीलाई अझै अँध्यारोमा राख्न चाहनेले जनार्दनलाई कालोझण्डा देखाए : मनऋषि धिताल
सारांश
- पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई रुकुम पश्चिममा कालोझण्डा देखाइएको घटनामा पार्टीका नेताको टिप्पणी आएको छ।
- सामाजिक सञ्जालमा धितालले विरोध गर्नेहरूलाई 'कर्णालीलाई अँध्यारोमा लैजान चाहने' को संज्ञा दिएका छन्।
- धितालले कालोझण्डा देखाउने कार्यलाई अज्ञानता र भ्रमको उपज भन्दै लोकतन्त्रको कुरा गरेका छन्।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई आइतबार गृहजिल्ला रुकुम पश्चिममा कालोझण्डा देखाइएको घटनाप्रति सोही पार्टीका केन्द्रीय सदस्य मनऋषि धितालले कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै धितालले विरोध गर्नेहरूलाई 'कर्णालीलाई अझै अँध्यारोको यात्रामा डोर्याउन चाहनेहरू' को संज्ञा दिएका छन्।
धितालले कालोझण्डा देखाउने कार्यलाई 'अज्ञानता' र 'भ्रम' को उपज बताएका छन्। उनले आफूहरू रंगभेदी नभएको स्पष्ट पार्दै भनेका छन्, 'सबै रंगको आफ्नै सुन्दरता छ। सेतो, कालो, रातो, पहेलो, हरियो वा निलो जस्तो भए पनि रंग सुन्दर हुन्छ। तर मुख्य कुरा मन अँध्यारो वा उज्यालो कस्तो छ भन्ने हो।'
उनले कर्णालीमा विकास र चेतनाको उज्यालो भइसक्दा पनि केही व्यक्तिहरू अज्ञानताको रेखामुनि रहेर विरोधमा उत्रिएको टिप्पणी गरेका छन्। 'अझै अँध्यारो कायम रहेको भ्रम उनीहरूका गुरुहरूले फैलाइरहेका छन्,' धितालले लेखेका छन्, 'एकदिन उनीहरूले आँखा खोल्नेछन् र उज्यालो भइसक्दा पनि अँध्यारोको यात्री भएकोमा पश्चाताप गर्नेछन्।'
केन्द्रीय सदस्य धितालले लोकतन्त्रको सुन्दर बगैँचामा सबैलाई फुल्ने अवसर रहेको भन्दै लोकतन्त्रलाई 'नेतातन्त्रको काँडेघारी' बनाउने प्रयासहरू अब असफल हुने दाबी गरेका छन्। 'फाँडिएको काँडेघारी अब सुक्ने बेला भयो, त्यहाँ अब सुन्दर बागवानी बन्ने छ,' उनले सांकेतिक रूपमा लेखेका छन्, 'कोही अज्ञानी विरोधको नाममा अँध्यारो बोकेर चौबाटोमा कुर्ने छैन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण