अपडेट
मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, ३ मन्त्रीले लिए शपथ
आइतबार, २१ मङ्सिर २०८२, १२ : ३०
सारांश
- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन्।
- जनमत पार्टीका महेश यादवलाई अर्थमन्त्री, कांग्रेसका जंगीलाल राय र नेकपा एसका कनिष पटेल विना विभागीय मन्त्री बने।
- नवनियुक्त तीनै जना मन्त्रीहरूले आइतबार प्रदेश प्रमुखबाट शपथ ग्रहण गरे।
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्रीमण्डलमा सामेल गराएर उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ ।
नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण