बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल : अन्तिम खेलमा कर्णालीसँग ३ रनले हार्‍याे जनकपुर
LIVE UPDATES

LIVE UPDATES : एनपीएल : अन्तिम खेलमा कर्णालीसँग ३ रनले हार्‍याे जनकपुर

आइतबार, २१ मङ्सिर २०८२, १८ : ५०
Live

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग जनकपुर बोल्ट्स पराजित भएकाे छ । 

आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा जनकपुर  ३ रनले पराजित भएकाे हाे ।  

अन्तिम खेलमा कर्णाली विजयी, साविक विजेता जनकपुरको मात्र एक जित

काठमाडौँ । कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा जित निकालेको छ ।

आइतबार भएको खेलमा कर्णालीले साविकको विजेता जनकपुर बोल्ट्समाथि ३ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो । 

जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले ५१ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ५१ रन बनाए । संगित कोरेले २५ रन बनाउँदा माज शदागदले १२ रन जोडे । 

बोसिस्टोले लिए जनकपुरको तेस्रो विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले मयान यादवको रुपमा तेस्रो विकेट गुमाएको हो ।  मयानलाई कर्णाली याक्सका विलियम बोसिस्टोले ९ रनमा क्याच आउट गराएका हुन् ।

जनकपुरको खराब सुरुवात, कर्णालीलाई दोस्रो सफलता

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले अनिल शाहलाई दोस्रो विकेटकाे रूपमा गुमाएको हो । 

अनिललाई कर्णाली याक्सका पवन शरार्फले डक आउट गराएका हुन् । यो विकेटसँगै जनकपुरले तीन ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै १३ रन बनाएको छ ।

जनकपुरको खराब सुरुवात, कर्णालीलाई दोस्रो सफलता

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

मार्क वाटले दिलाए कर्णालीलाई पहिलो सफलता, आसिफ आउट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले आसिफ शेखका रुपमा पहिलो विकेट गुमाएको हो । 

आसिफललाई कर्णाली याक्सका मार्क वाटले डक आउट गराएका हुन् ।

कर्णालीद्वारा जनकपुरलाई १३० रनको लक्ष्य

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले जितका लागि १३० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो । 

कर्णालीका लागि इमरान शेखले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै, गुलशन झाले १९ रनको योगदान गर्दा प्रियांक पञ्चलले १६ रन विलियम बसिस्टोले १५ रनको योगदान गरे । 

जनकपुरका लागि ललितनारायण राजवंशी र आदित्य मेहताले दुई–दुई विकेट लिए । त्यस्तै, संगित कोरे, अनिल शाह र माज शदागदले एक एक विकेट लिए । 

लगातार विकेट गुमाउँदै कर्णाली, आदित्यलाई एकै ओभरमा दुई विकेट

काठमाडौँ । जनकपुर बोल्ट्सका आदित्य मेहताले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले विलियम बासिस्टो र पवन शरार्फलार्य एकै ओभरमा गुमाएको हो । 

ललितले लिए दोस्रो विकेट, इमरान ३३ रनमा आउट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध चौथो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले इमरान शेखको रुपमा चौथो विकेट गुमाएको हो ।  इमरानलाई जनकपुरका ललित राजवंशीले ३३ रनमा क्याच आउट गराएका हुन् । 

यो विकेटसँगै कर्णालीले १५ ओभरको समाप्तिमा चार विकेट गुमाउँदै ८८ रन बनाएको छ ।

शदागदले दिलाए जनकपुरलाई तेस्रो सफलता, गुलशन १९ रनमा आउट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

आइतबार दिउँसो त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले गुलशन झाको रूपमा तेस्रो विकेट गुमाएको हो ।  

गुलशनलाई जनकपुरका माज शदागदले १९ रनमा क्याच आउट गराएका हुन् । यो विकेटसँगै कर्णालीले १२ ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै ६५ रन बनाएको छ ।

एनपीएल : जनकपुरलाई दाेस्राे सफलता, ललितले लिए प्रियांकको विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले प्रियांक पञ्चललाई दोस्रो विकेटको रूपमा गुमाएको हो । 

प्रियांकलाई जनकपुरका ललित राजवंशीले १६ रनमा क्याच आउट गराए । यो विकेटसँगै कर्णालीले ६ ओभरको खेल सकिँदा दुई विकेट गुमाउँदै २६ रन बनाएको छ ।

एनपीएल : जनकपुरलाई पहिलो सफलता, मार्क वाट आउट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिले सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले मार्क वाटलाई पहिलो विकेटको गुमाएको हो । 

मार्क वाटलाई जनकपुरका संगित कुरेले चार रनमा एलबीडब्लू आउट गराएका हुन् । यो विकेटसँगै कर्णालीले तीन ओभरको समाप्तिमा एक विकेट गुमाउँदै १० रन बनाएको छ ।

एनपीएल : जनकपुरले टस जित्यो, कर्णालीले ब्याटिङ गर्ने

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले ब्याटिङ गर्ने भएको छ ।

आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको हो । गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया