डिजिटल बैंकिङमा नयाँ आयाम: सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’
काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि पूर्ण रूपमा डिजिटल ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । विद्युतीय भुक्तानी सेवालाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले बैंकले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा यो कार्ड सञ्चालनमा ल्याएको हो ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अवसर पारेर एक कार्यक्रमबीच उक्त कार्ड सार्वजनिक गरिएको हो ।
के हो भर्चुअल क्रेडिट कार्ड ?
यो कार्ड प्रयोग गर्न ग्राहकले भौतिक रूपमा प्लास्टिकको कार्ड बोक्नु पर्दैन । बैंकका अनुसार यस कार्डमार्फत ग्राहकहरूले १८ लाखभन्दा बढी फोनपे क्यूआर नेटवर्कमा रहेका व्यापारीहरूलाई छिटो र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् ।
कसरी लिने सुविधा ?
ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘BankSmartXP’ मार्फत तुरुन्तै आवेदन दिई यो कार्ड प्राप्त गर्न र सक्रिय गराउन सक्नेछन् । एपमार्फत नै ग्राहकले खर्चको सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच र भुक्तानी जस्ता कार्यहरू सजिलै गर्न सक्ने बैंकले जनाएको छ । यसले उच्च सुरक्षा प्रदान गर्नुका साथै तत्काल नियन्त्रणको सुविधा पनि दिन्छ ।
५० प्रतिशत क्यासब्याक अफर
कार्ड सार्वजनिक गरिएको विशेष अवसरमा बैंकले आकर्षक क्यासब्याक योजना पनि ल्याएको छ । जसअनुसार भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ग्राहकले ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।
बैंकका अनुसार कुल क्यासब्याक रकम अधिकतम ७५० रुपैयाँसम्म हुनेछ, जसले कार्डको सदस्यता शुल्क समायोजन गर्न मद्दत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण