लेकसाइड ११ बजेसम्म मात्रै खोल्न स्थानीयको माग
पोखरा । पोखराको लेकसाइडलाई सरकारले २४ सै घण्टा खुला राख्ने निर्णय गरेपछि असुरक्षा बढेको भन्दै ज्येष्ठ नागरिक मञ्चले ध्यानाकर्षण गराएको छ ।
आइतबार मञ्चको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।
रातभर खुला हुँदा असुरक्षा र कोलाहल बढाएको उनीहरूको गुनासो छ । मन्चले राती ११ बजेसम्म मात्रै लेकसाइड खुला गर्न र कोलाहल रोक्न सरकारसँग माग गरेको छ ।
‘२४ घण्टा खुला हुँदा रातभरिको कोलाहल वातावरणले शान्तपूर्वक सुतिरहने पर्यटक, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामा असर बढ्दै गएको छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘हालको अवस्था नसुध्रिए पर्यटक आगमनमै कमी आउन सक्छ ।’
महाभूकम्प, नाकाबन्दी, कोरोना महामारी र विभिन्न आन्दोलनको चपेटाबाट भर्खरै तंग्रिन लागेको पर्यटन क्षेत्रलाई कोलाहलबाट जोगाउन माग गरिएको अध्यक्ष गिरिराज अधिकारीले बताए । मञ्चले गत मंसिर १५ गते अन्तरक्रिया गरी निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयन गर्न प्रशासनसँग अनुरोध गरिएको अधिकारीले जानकारी दिए । मन्चले रातको ११ बजेसम्म मात्रै लेकसाइड खुला राख्नुपर्ने निर्णय गरेको थियो ।
यस्तै, मदिराजन्य पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँडडुल गर्न रोक लगाउन पनि निर्णय गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण