शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

नेपालको सांस्कृतिक र  निर्यातयोग्य वस्तुहरूको प्रचार–प्रसार गरिने
आइतबार, २१ मङ्सिर २०८२, २० : २२
आइतबार, २१ मङ्सिर २०८२

काठमाडौँ । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्यान्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना हुने भएको छ ।

विश्वशान्तिका दूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्य सहित २०८३ साल वैशाख महिनाको तेस्रो हप्ता (सन् २०२६ मे महिनाको पहिलो हप्ता) उक्त कार्यक्रम आयोजना गर्ने तयारी नेपाली दूतावासले गरेको छ। यो प्रतियोगितामा १० किलोमिटर तथा  ५ किलोमिटर दौड समावेश गरिनेछ ।

आइतबार नेपाली राजदूतावास, थाइल्यान्डमा सरोकारवाला सङ्घ संस्थाहरूको सहभागितामा यसबारे जानकारी दिइएको छ । 

कार्यक्रमको आयोजनाको लागि थाइल्यान्डका लागि नेपाली महामहिम राजदूत श्री धन बहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोति बहादुर श्रीसको संयोजकत्वमा थाइल्यान्डमा स्थापित नेपालसँग सम्बन्धित सबै सङ्घ–संस्थाका प्रतिनिधिहरू समावेश हुने गरी आयोजक समिति गठन गरिएको छ । 

म्याराथन कार्यक्रम विभिन्न मुलुकको पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यमका रूपमा स्थापित छ। सोही व्यहोरालाई मनन् गर्दै यो कार्यक्रमले  गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी, नेपाली पर्यटन,नेपाली परिकार तथा नेपालको सांस्कृतिक र  निर्यातयोग्य वस्तुहरू को प्रचार–प्रसार गरी प्रभावकारी रूपमा नेपाल चिनाउने लक्ष्य राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप