ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर
सिरहा। नेपाली सेनाको श्री नं २७ वाहिनी अड्डा, चोहर्वा ब्यारेक, सिरहाले नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सुखिपुर नगरपालिका–१० दहिपौडीमा बृहत् सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
‘नागरिक सहयोग सेवा’ कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्यअन्तर्गत सहायक रथी समीर श्रेष्ठको कमान्डमा टोलीसहित स्वास्थ्य सेवासम्बन्धी विभिन्न संस्थाहरुको सहकार्यमा श्री जनता माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको हो ।
उक्त शिविरमा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मका चिकित्सक, सगरमाथा चौधरी आँखा अस्पताल, प्रादेशिक अस्पताल सिरहा, लहान, फुलकमारी महतो मेमोरियल अस्पताल, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र लहान, एनसिसी अलुमनाई एसोसिएसन नेपाल तथा हिमालय सुगर मिल प्रालिको सक्रिय सहभागिता रहेको थियो ।
शनिबार आयोजित शिविरमा सर्पदंश, भर्ना छनोट, शीतलहर, आगलागी जस्ता दैविक प्रकोपसम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै आँखासम्बन्धी, दाँत, छाला, प्रसूति तथा सामान्य बहिरंग सेवासहित रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको नेपाली सेना चोहर्वा ब्यारेकका सहायक रथी समीर श्रेष्ठले जानकारी दिए ।
सो शिविरमार्फत महिला २१६ र पुरुष २४४ गरी जम्मा ४६० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । विपन्न समुदायलाई लक्षित गरी गरिएको यो शिविरले समुदायमा सेनाप्रति विश्वास, पहुँच र सकारात्मक सोच अभिवृद्धि गर्न मद्दत पुगेको नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण