जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल
सारांश
- जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोको टोलीले अध्ययन गरेको छ।
- युनेस्को टोलीले मन्दिरको ऐतिहासिक महत्त्व, संरक्षण र व्यवस्थापनबारे जानकारी लिएको जनाइएको छ।
- महन्त रामरोशन दास वैष्णवले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक रहेको बताए।
धनुषा । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै विस्तृत छलफल भएको छ। जानकी मन्दिरको निरीक्षण तथा मूल्याङ्कनका लागि खटिएको युनेस्को टोली र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवबिच आइतबार छलफल भएको हो।
छलफलका क्रममा टोलीले मन्दिरको ऐतिहासिक महत्त्व, वास्तुशिल्प, मौलिकता, संरक्षणको वर्तमान अवस्था तथा भविष्यमुखी योजनाबारे जानकारी लिएको थियो।
युनेस्को टोलीले सम्पदाको दिगो संरक्षण सुनिश्चित गर्न आवश्यक पूर्वाधार, व्यवस्थापन प्रणाली, सरसफाइ, पर्यटक व्यवस्थापन लगायतका विषयमा प्रत्यक्ष अवलोकन गरेको जनाइएको छ।
भेटका क्रममा उत्तराधिकारी महन्त दासले युनेस्को टोलीसँगको छलफललाई ऐतिहासिक माइलस्टोन का रूपमा उल्लेख गरे। उनले जानकी मन्दिर केवल धार्मिक केन्द्र मात्र नभई मिथिला संस्कृतिको जीवित सभ्यता भएको बताए।
महन्त दासले भने, “जानकी मन्दिरको मौलिकता, वास्तुकला र आस्थालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन विश्व सम्पदा सूचीमा सूचीकृत हुनु अत्यन्त आवश्यक छ। यसका लागि हामी संस्थागत तयारी, अभिलेखीकरण, संरक्षण र व्यवस्थापन सुधारका सबै पहलमा प्रतिबद्ध छौँ।”
उनका अनुसार मन्दिर व्यवस्थापन समितिले संरचनागत संरक्षण, क्षेत्र व्यवस्थापन, पर्यटक प्रवाह व्यवस्थापन तथा सांस्कृतिक सम्पदाको दिगोपनालाई केन्द्रमा राखी हालै विभिन्न योजना अघि सारेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत भएमा जनकपुरधामको अन्तर्राष्ट्रिय पर्यटन, आर्थिक गतिविधि तथा मिथिला संस्कृतिको विश्वव्यापी पहिचान अझ सुदृढ हुने विश्वास उनले व्यक्त गरे।
युनेस्को टोलीले आवश्यक कागजात, ऐतिहासिक प्रमाण, संरक्षण योजना र भौतिक अवस्थाको थप अध्ययनपछि अन्तिम प्रतिवेदन तयार पार्ने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण