निर्देशित एकाधिकार प्रवृत्तिबाट एमालेलाई मुक्त गर्नुपर्छ : परशु मेघी गुरुङ
सारांश
- एमाले नेता परशु मेघी गुरुङले पार्टीमा ठुलो विचलन र अलमल आएको बताएका छन्।
- उनले पार्टीलाई मार्क्सवादी विचारधाराबाट सञ्चालन गर्न नसक्दा यस्तो अवस्था आएको बताए।
- गुरुङले पार्टीको रूपान्तरणका लागि लोकतान्त्रिक विधि र नेतृत्वको शैली परिवर्तन गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका नेता परशु मेघी गुरुङले एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको बताएका छन् । सोमबार ईश्वर पोखरेल समूहको काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीलाई मार्क्सवादी विचारधाराबाट सञ्चालन गर्न नसक्दा विचलन र अलमल देखा परेको बताएका हुन् ।
‘निर्देशित एकाधिकारवादी प्रवृत्तिका कारण गम्भीर विचलन देखा परेको छ । तर अब यो विचलन ११ औँ महाधिवेशनबाट करेक्सन गर्नुपर्छ’, गुरुङले भने, ‘हाम्रो पार्टीलाई नागरिकले समाधानको संस्था होइन समस्याका रूपमा औँल्याए ।’
उनले यस्तो हुनुमा सैद्धान्तिक राजनीतिक विचलनका कारण भएको भन्दै यसबारे समीक्षा हुन जरुरी रहेको बताए । उनले सैद्धान्तिक राजनीतिक विचलनबाट पार्टीलाई बचाउनुपर्नेमा जोड दिँदै पार्टीको आत्मा र जीवन भनेको सिद्धान्त, नीति र कार्यक्रम भएको बताए ।
‘नेतृत्वको शैली र पद्धति करेक्सन नगरी हामी पार्टी रूपान्तर र परिवर्तन गर्न सकिँदैन’, उनले भने– ‘हाम्रो लोकतान्त्रिक विधि र पद्धति यति निर्देशित भएको छ । यति सम्मकि पार्टीका बैठकमा खाइने खाजाको स्रोत समेत खोज्न सकिँदैन ।’
निर्देशित र एकाधिकार प्रवृत्ति पार्टीमा हावी हुँदा पार्टी कमिटीले विभिन्न तहका सरकारको अपनत्व समेत लिन नसक्ने अवस्था रहेको बताए । उनले पार्टीलाई लोकतान्त्रिक ढाँचामा बदल्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ ।
कार्यक्रममा नेता विनोद ढकालले कार्यकर्ताको भावनाअनुसार पार्टी चलाउनुपर्छ भन्ने मान्यतामा अडिग रहेको भन्दै ११ औँ महाधिवेशनले सोही अनुसारको नेतृत्व चयन गरिने बताए ।
नेता ढकालले नेकपा एमालेको पुनर्गठन र रूपान्तरण जरुरी रहेकाले आफ्नो समूहबाट नेता ईश्वर पोखरेल अध्यक्ष पदमा प्रत्याशीका रूपमा अघि सारेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण