बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

हुण्डीको ५७ लाख नगद सहित एक जना पक्राउ

सोमबार, २२ मङ्सिर २०८२, १७ : ४५
सोमबार, २२ मङ्सिर २०८२

काठमाडौँ । प्रहरीले काठमाडौँको कुलेश्वरबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ घर भएर कुलेश्वर बस्ने ३४ वर्षीय सरोज श्रेष्ठ छन् । 

आरोपीको साथबाट र डेराबाट ५७ लाख ४७ हजार  ३५० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर स्थित चुन्ने पाखा टोलमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले आरोपीलाई पक्राउ गरेको हो । 

आरोपीविरुद्ध हुण्डी कारोबार गर्न नहुने कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप