शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

‘झिँगेदाउ २’को छायाङ्कन सुरु

मङ्गलबार, २३ मङ्सिर २०८२, ०८ : १६
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • फिल्म 'झिँगेदाउ २' को छायांकन काभ्रेको पनौतीमा सुरु भएको छ।
  • यो फिल्म ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्नेछ, जसमा सरोज खनाल, आर्यन सिग्देल लगायतका कलाकारको अभिनय रहनेछ।
  • फिल्मको कथा 'झिँगेदाउ' को अन्त्यबाटै सुरु हुनेछ र अर्को वर्षको दसैँमा रिलिज हुने लक्ष्य राखिएको छ।

काठमाडौँ । फिल्म ‘झिँगेदाउ २’को छायाङ्कन सुरु भएको छ । सोमबार शुभमुहूर्त गर्दै फिल्म काभ्रेको पनौतीबाट सुरु भएको हो । फिल्म ज्ञानेन्द्र देउजाले निर्माण निर्देशन गर्न लागेका हुन् ।

साढे तीन करोड लगानी रहने फिल्म ‘झिँगेदाउ’को सिक्वेलको रूपमा बन्न लागेको हो । ६० दिन छायाङ्कन सेडुल रहेको फिल्मका लागि पनौतीमा भव्य सेट लगाइएको छ । त्यसपछि काठमाडौँ, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा फिल्मको छायाङ्कन हुनेछ । अर्को वर्षको दसैँमा रिलिज लक्ष्य राखिएको फिल्मको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै निरन्तरता हुनेछ ।

कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ । 

निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने फिल्मका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप