बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनपीएल : सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा

मङ्गलबार, २३ मङ्सिर २०८२, १९ : १३
मङ्गलबार, २३ मङ्सिर २०८२

काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो सिजन पनि फाइनल प्रवेश गरेको हो । 

यता विराटनगरले भने इलिमिनेटरमा भिड्दै गरेको काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग पुन फाइनल प्रवेशका लागि खेल्नेछ ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटगनरले १४ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ७८ बनायो ।

विराटनगरका लागि फाफ डू प्लेसिसले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै मर्चान्ट डी ल्याङ्गेले १५ रन बनाउँदा बसिर अहमदले १२ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

सुदूरपश्चिमका लागि स्कट कुग्गलइन, हर्मित सिंह र अविनाश बोहराले दुई दुई विकेट लिए । त्यस्तै हेमन्त धामी र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५५ रन बनाएको थियो । 

सुदूरपश्चिमका लागि विनोद भण्डारीले ६३ रनको अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । 

सुदूरपश्चिमका शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन बनाउँदा हर्मीत सिंहले १४ रनको योगदान गरे । 

बलिङतर्फ विराटनगरका लागि प्रतिश जिसी र मर्चान्ट डी ल्याङ्गेले दुई–दुई विकेट लिए । त्यस्तै बाशिर अहमद, सूर्य तामाङ र शाम हेजलेटले एक एक विकेट लिए ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप