आलुको मूल्यमा २४ प्रतिशतको गिरावट
बुधबार, २४ मङ्सिर २०८२, ११ : २९
काठमाडौँ । आलुको मूल्यमा २४ प्रतिशतसम्म गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार गत बुधवार प्रतिकिलो ५० रुपैयाँ पर्ने रातो आलु आज २४.२० प्रतिशतले घटेर ३७.९० रुपैयाँ औसत मूल्य कायम भएको छ ।
सेतो आलु १३.३३ प्रतिशतले घटेको छ । गत बुधबार प्रतिकिलो ४१ रुपैयाँ औसत मूल्य रहेको उक्त आलु आज ३२.५० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।
यस्तै भारतीय रातो आलु पनि १०.९८ प्रतिशतले घटेको छ । गत बुधबार प्रतिकिलो ४१ रुपैयाँ प्रतिकिलो पर्ने भारतीय रातो आलु आज ३६.५० रुपैयाँ औसत मूल्य कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण