आईसीसी वरीयतामा रोहित शीर्ष स्थानमा, विराट दोस्रोमा
सारांश
- आईसीसी वरीयतामा रोहित शर्मा एकदिवसीय ब्याटिङतर्फ पहिलो स्थानमा छन्, भने कोहली दोस्रो स्थानमा उक्लिएका छन्।
- कोहलीले दक्षिण अफ्रिकाविरुद्धको शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्थान सुधार गरे।
- कुलदीप यादव एकदिवसीय बलरको वरीयतामा तेस्रो स्थानमा उक्लिएका छन्।
काठमाडौँ । आईसीसीले बुधबार सार्वजनिक गरेको साप्ताहिक वरीयतामा एकदिवसीय ब्याटिङतर्फ भारतीय खेलाडी रोहित शर्मा र विराट कोहलीको वर्चस्व कायम रहेको छ ।
पूर्वकप्तान रोहित शर्मा नम्बर १ स्थानमा यथावत् छन्, भने दक्षिण अफ्रिकाविरुद्ध लगातार दुई शतक र एक अर्धशतक बनाएका विराट कोहली दुई स्थानको सुधारसहित नम्बर २ मा उक्लिएका छन् ।
रोहित शर्मा कोहलीभन्दा केवल आठ रेटिङ अंकले अगाडि छन् । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खलामा ३०२ रन बनाएर ‘प्लेयर अफ द सिरिज’ बनेका कोहलीले दुई स्थानको फड्को मारेका हुन् । रोहितले उक्त शृंखलामा १४६ रन बनाएका थिए ।
भारतले अब जनवरी ११ बाट न्युजिल्यान्डविरुद्ध एकदिवसीय शृंखला खेल्नेछ, जहाँ यी दुई खेलाडीबिच नम्बर १ को दौडमा कडा प्रतिस्पर्धा हुनेछ ।
कोहलीबाहेक केएल राहुल पनि एकदिवसीय ब्याटिङ वरीयतामा दुई स्थान सुधार गर्दै १२औँ नम्बरमा पुगेका छन् ।
एकदिवसीय बलरहरूको वरीयतामा स्पिनर कुलदीप यादव तीन स्थानको छलाङसहित तेस्रो स्थानमा उक्लिएका छन् ।
टी–२० र टेस्ट वरीयतामा परिवर्तन
दक्षिण अफ्रिकाका युवा ब्याट्सम्यान डेवाल्ड ब्रेभिस पहिलो खेलमा उत्कृष्ट अर्धशतक बनाएर टी–२० ब्याटरको सूचीमा आठौँ स्थानमा पुगेका छन् । भारतका बलरहरू अक्षर पटेल, अर्शदीप सिंह र जसप्रीत बुमराहलाई पनि टी–२० वरीयतामा फाइदा पुगेको छ ।
अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क एसेज शृंखलाका पहिलो दुई टेस्टमा १८ विकेट लिँदै ‘प्लेयर अफ द म्याच’ बनेका थिए। उनी तीन स्थानको छलाङसहित तेस्रो नम्बरमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण