वास्तविक माओवादी हामी हौँ : खड्गबहादुर विश्वकर्मा
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले वास्तविक माओवादी आफूहरु नै रहेको दाबी गरेका छन् ।
बागमती प्रदेश कमिटिको आयोजनामा बिहीवार भएको कार्यक्रममा उहाँले असली माओवादी आफूहरु भएपनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको बताएका हुन् ।
उनले जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफुहरु भएको जिकिर गरे ।
११ वर्षको संर्घष पछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको उनको भनाइ छ । गत कात्तिक १९ गते पुष्पकमल दाहालले माधव नेपाल लगायतका अरु पार्टीहरुसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको बताए ।
दाहाललाई माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि सैह्य नभएको उनको आरोप छ । उनले माओवादीलाई समाप्त पार्ने डिजाईन भएको बुझेर नै माओवादीलाई आफूहरुले पुनः ब्राण्डिङ गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण