बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनपीएल : विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

बिहीबार, २५ मङ्सिर २०८२, १९ : १२
बिहीबार, २५ मङ्सिर २०८२

काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । 

त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९४ रन बनायो । 

विराटनगरका लागि शाम हेजलेटले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै नरेन भट्टले २१ रन बनाउँदा मर्चान्ट डी ल्याङ्गेले १७ रन जोडे । 

लुम्बिनीका लागि तिलक भण्डारीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रुवेन ट्रम्पलमन, जेजे स्मिथ र अभिषेश गौतमले दुई दुई विकेट लिए । लुम्बिनीका शेर मल्लले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।  

लुम्बिनीका लागि ड्रार्सी शर्टले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै कप्तान रोहित कुमार पौडेलले ३४ रन बनाउँदा निरोशन डिकोयलाले २९ रन जोडे । 

बलिङतर्फ विराटनगरका लागि सुवाश भण्डारी र प्रतिश जिसीले समान तीन–तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिए । 

आजको खेलमा जित निकाल्दै दुवै टोलीको लक्ष्य पहिलो पटक फाइनलमा स्थान बनाउने योजना हुनेछ ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप