संस्थापनबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी
सारांश
- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले १५ औँ महाधिवेशनमा सभापतिमा आफ्नो दाबी रहेको बताए।
- उनले संस्थापन समूहले आपसी सहमतिमा एउटामात्रै उम्मेदवार बनाउने प्रयास गर्ने बताए।
- डा. महतले डा. शेखर कोइरालाको सभापति बन्ने सम्भावना कम रहेको र दोस्रो चरणमा सहमति हुन सक्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन समूहबाट १५ औँ महाधिवेशनमा आफ्नो दाबी रहेको बताएका छन् । त्यसबारे संस्थापनले कुनै निष्कर्ष निकालिनसकेको उनले बताए ।
शुक्रबार बिहान काठमाडौँको महाराजगन्जमा अनलाइन मिडियाका केही पत्रकारहरूसँग प्रवक्ता महतले समूहले आपसी सहमतिमा एउटामात्रै उम्मेदवार बनाउने प्रयास गर्ने बताए । सभापति शेरबहादुर देउवा र उनी निकटमा देशभरका कार्यकर्तासँग आफ्नो अट्याचमेन्ट रहेको बताउँदै उनीहरूको भावनालाई कदर गर्न पनि आफूले समूहका नेताहरूको बैठकमा सभापतिमा दाबी राखेको बताए ।
‘हाम्रो समूहबाछ १५ औँ महाधिवेशनमा सभापतिमा मेरो दाबी रहन्छ,’ प्रवक्ता डा. महतले भने, ‘सभापतिज्यूसँग निकटमा रहेर लामो समय काम गरे । उहाँसँग जोडिएका देशभरका नेता कार्यकर्तासँग मेरो अट्याचमेन्ट छ । उनीहरूको भावनालाई कदर गर्न र मेरो राजनीतिको दामो दौरानले सभापतिमा दाबी राखेको हुँ ।’
सभापतिमा कसलाई अघि सार्ने भन्नेमा समूहले कुनै निष्कर्ष निकालिनसकेको डा. महतले बताए ।
संस्थापनबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित डा.महतसमेत जोडिएको ‘७ भाइ’का नामबाट परिचित पूर्वपदाधिकारीहरूले बैठक बसेर सभापतिमा दाबी राखिरहेका छन् । ७ भाइमा पूर्वउपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइरालाले सभापतिमा दाबी राखिरहेका थिए । त्यो समूहमा डा. महत र विजयकुमार गच्छदारले सभापतिमा दाबी गरेका थिएनन् । डा. महतले पनि आफ्नो दाबी प्रस्तुत गरेपछि संस्थापनमा सभापतिमा दाबी गर्नेको संख्या ७ पुगेको छ ।
सबै आकांक्षीलाई मिलाएर संस्थापन पक्षबाट एउटा उम्मेदवार बन्ने सम्भावना कति छ भन्ने पत्रकारहरूको प्रश्नमा ‘मिलाउने अधिकतम प्रयास हुने’ जवाफ दिए । आफूले नपाएपछि समूह छोड्ने विगतमा देखिएको छ, अहिले पनि त्यस्तै त हुने होला नि भन्ने अर्को प्रश्नमा प्रवक्ता महतले भने, ‘केही मात्रामा त भइहाल्छ । ८० प्रतिशत बढी हामी सँगै हुन्छौँ ।’
पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालाले पनि संस्थापनको सहयोगमा सभापति बन्ने प्रयास भइरहेको कुरा बाहिर आएको भन्ने विषयमा पनि केही धारणा राखे । डा. कोइरालाले समूह र सभापतिसँग आफूलाई सहयोग गर्न ‘एप्रोच’ गरेको स्वीकारे । तर, पहिलो चरणमा नै अहिलेको अवस्था हेदाए बन्न सक्ने सम्भावना कमै रहेको बताए । ‘पहिलो चरणमै उहाँ (डा. शेखर) हुने सम्भावना त कमै होला,’ डा. महतले भने, ‘दोस्रो चरणमा त सहमति हुँदा हुन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण