सुनसरी–४ बाट कांग्रेस उम्मेदवारमा ज्ञानेन्द्र कार्कीको नाम सिफारिस
सारांश
- नेपाली कांग्रेस नेता ज्ञानेन्द्र कार्की सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि सिफारिस भएका छन्।
- क्षेत्रीय समितिले कार्कीको नाम पहिलो नम्बरमा राख्दै पार्टीलाई उम्मेदवार सिफारिस गरेको छ।
- क्षेत्रीय समितिले कार्कीलाई विकासप्रेमी नेताको रूपमा पुनः टिकट दिन अनुरोध गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्र कार्की सुनसरीको क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदमा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् ।
कांग्रेसको सुनसरी क्षेत्र नम्बर ४, क्षेत्रीय समितिले जिल्ला कार्यसमितिलाई पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दै कार्कीको नाम पहिलो नम्बर राखेको छ । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कार्की सुनसरी–४ बाटै प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
क्षेत्रीय कार्यसमितिले उम्मेदवार सिफारिसका साथ आफ्नो रायसमेत पठाउँदै २०७४ सालमा ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवारका रूपमा यस क्षेत्रमा आएपछि पार्टीभित्रको संगठनदेखि पूर्वाधार विकास, सामाजिक विकास लगायतका कार्यमा फट्को मारेको उल्लेख गरेको छ ।
प्रत्यक्षतर्फ नै गफार अंसारीको नामसमेत सिफारिस भएको छ । यद्यपि क्षेत्रीय सभापति ऐयुब अंसारीद्वारा हस्ताक्षरित पत्रमा ‘सिफारिस भएका व्यक्तिमध्येबाट विकासप्रेमी नेताका रूपमा स्थापित शालिन, भद्र, बौद्धिकताको धनी, लगनशील नेता ज्ञानेन्द्रबहादुर कार्कीज्यूलाई नै पुनः उम्मेदवारका रूपमा टिकट प्रदान गरिदिनहुनका लागि क्षेत्रीय कार्यसमितिको सर्वसम्मत राय रहेको’ भनिएको छ ।
यस्तै, समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा राधिका कटुवाल, सुशीलादेवी खनाल, अबुल हुसैन अंसारी, जमिल अख्तर मिया, इर्फान मिया, प्रमोद खेरबार, नगमा शाहिद अंसारी र उपेन्द्रबहादुर कटुवाल छन् ।
राष्ट्रिय सभा सदस्य पदका लागि नन्द कुमार सिग्देल, सूर्यदेव दास उराँव, प्रमादुन्द मेहता, डिल्लीबहादुर कार्की, शुद्धादेवी सरदार सिफारिस भएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण