शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

देवघाट धाम प्लास्टिकमुक्त क्षेत्र घोषणा

शुक्रबार, २६ मङ्सिर २०८२, १३ : ०९
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • चितवनको देवघाट धामलाई तीन पालिकाको समन्वयमा प्लास्टिक मुक्त क्षेत्र बनाइने भएको छ।
  • देवघाट क्षेत्र विकास समितिले प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न प्राविधिक सहयोग लिएको छ।
  • नदी प्रदूषण रोक्न र देवघाटलाई सफा राख्न प्लास्टिक मुक्त क्षेत्र घोषणा गर्न लागिएको हो।

काठमाडौँ । नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइएको छ । ५ धाम मध्येको एक देवघाट धामलाई देबघाट क्षेत्र विकास समितिले चितवन नवलपरासी र तनहुँका तीनवटा पालिकाहरुको समन्वयमा प्लास्टिक मुक्त क्षेत्र बनाउन लागिएको हो ।

देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ । सोही क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्नको सहमति नामक संस्थाले प्राविधिक सहयोग गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरी लौडारीले बताए । उनले पवित्र तीर्थस्थललाई प्रदूषणमुक्त गर्दै नदी हाम्रो सभ्यता हो भन्ने सन्देश दिनेगरी देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको बताए ।

देशका खोला नदीहरु प्रदूषणको चपेटामा पर्दै गएको अवस्थामा देवघाट धाम पनि आगामी दिनमा प्रदूषण हुनसक्ने देखिएकाले भरतपुर महानगरपालिका। गैँडाकोट नगरपालिका  र देवघाट गाउँ विकास समितिको समन्वयमा देवघाटलाई छिट्टै प्लास्टिक मुक्त क्षेत्र घोषणा उनले बताए ।

सहमति संस्थाका अध्यक्ष होमनाथ सुबेदीले सहमतिले नदीसँगै हामी अभियान अन्तर्गत नारायणी नदी संरक्षणको काम गर्दै आइरहेको र देवघाट नेपाल कै महत्त्वपूर्ण तीर्थस्थल भएको कारण प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्न लागिएको बताए ।

देवघाटलाई प्लास्टिक मुक्त क्षेत्र घोषणाको फोहोर सङ्कलन स्थल, सार्वजनिक शौचालय निर्माण, खानेपानी  सुविधा लगायतका पूर्वाधार निर्माणका काम समेत भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप