राजनीति
कर्ण थापाको चेतावनी : उद्दण्डहरुको घैँटो फुट्न सक्छ !
शुक्रबार, २६ मङ्सिर २०८२, १४ : ०९
सारांश
- एमाले नेता कर्णबहादुर थापाले संयमताको लोटा फुटाए उद्दण्डको घैँटो फुटाउने चेतावनी दिए।
- उनले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने र ओलीले लिस्ट पढेर कमिटी बनाउन लागेकोमा आपत्ति जनाए।
- थापा ईश्वर पोखरेल समूह निकट छन्, र एमाले महाधिवेशनमा ओली र पोखरेल समूहबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
काठमाडौँ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले आफूहरूको संयता र शान्तिको लोटा फुटाउने प्रयास भए उद्दण्डहरुको घैँटो फुटाउने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न नदिनेतर्फ सङ्केत गर्दै यस्तो बताएका हुन् ।
‘यदि हाम्रो संयतता र शान्तिको लोटा फुटाउने कोसिस भए उद्दण्डहरूको घैँटो फुट्न सक्छ । यो कुरा हेक्का राख्न जरुरी छ’, थापाले भने, ‘हामी पार्टीमा परिवर्तन गर्न र जबजको मर्मअनुसार चलोस् भन्ने चाहिरहेका छौँ । ’
उनले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै महाधिवेशनमा ओलीले लिस्ट पढेर केन्द्रीय कमिटीको गठन गर्न लागेको भन्दै आपत्ति जनाए । थापा ईश्वर पोखरेल समूह निकट छन् । एमाले महाधिवेशनमा ओली र पोखरेल समूहबिच प्रतिस्पर्धा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण