प्रदीप पौडेल र शंकर भण्डारी तनहुँ–२ बाट सिफारिस
पोखरा । परिपत्र अनुसार मात्रै नाम सिफारिस गर्न केन्द्रले गरेको अर्को परिपत्रलाई समेत वास्ता नगरी नेपाली कांग्रेस तनहुँले क्षेत्रबाट आएका सबै नाम जस्ताको त्यस्तै प्रदेश कार्यसमितिलाई सिफारिस गरेको छ ।
शुक्रबार बसेको जिल्ला कार्यसमिति बैठकले सबै नाम पठाउने निर्णय गरेको हो । तनहुँ १ बाट यसअघि उपनिर्वाचनमा पराजित भएका कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई सहित १० जनाको नाम प्रत्यक्षमा सिफारिस भएको छ ।
रामचन्द्र पोखरेल, सरिता गुरुङ, दिपक भट्टराई, रेशम गुरुङ, डा.जगदिशचन्द्र पोखरेल, रमेश बाबु भट्टराई, पुरुषोत्तम खनाल, उद्घव पौडेल र श्याम कुमार मौरतीको नाम सिफारिस गरिएको हो ।
समानुपातिक तर्फ डोबाटे बिक, यमुना बिक, चिनु पोखरेल, पबित्रा पौडेल, एलिजा ढकाल, मिरा जोशी, चिजा श्रेष्ठ, प्रकाश पन्थ, जब्बरद्दिन मिया, सहिदा खातुन, समुन्द्र गोदार र हरिदत्त पौडेलको नाम सिफारिस भएको जिल्ला सभापति जितप्रकाश आलेले जानकारी दिए ।
क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा निवर्तमान सांसद शंकर भण्डारी र प्रदीप पौडेल सहित पुष्पराज पराजुली, चुडामणी खनाल, चामबहादुर थापा, डा.यदुनाथ खनाल र नवीन खनाल सिफारिस भएका छन् ।
भण्डारी यसअघि तनहुँ २ बाटै निर्वाचित भएका थिए भने पौडेल काठमाडौँ ५ बाट निर्वाचित भएका थिए । समानुपातिक तर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरे सिफारिस भएका छन् ।
केन्द्रीय सदस्य शंकर भण्डारीको नाम यसअघि दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएको थियो । जिल्लाले भण्डारीको नाम २ बाट मात्रै सिफारिस गरेको हो ।
राष्ट्रिय सभाका लागि ध्रुव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा.कृष्ण प्रसाद गौतम, अर्जुन अधिकारी, कुलचन्द्र वाग्ले र विद्या खनाललाई सिफारिस गरिएको सभापति आलेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण