दोहा कतारमा रातोपाटीकर्मी पन्त सम्मानित
सारांश
- रातोपाटीका म्यानेजिङ डाइरेक्टर अर्जुन पन्त कतारमा आयोजित एक कार्यक्रममा सम्मानित भए।
- पत्रकार पन्तलाई गोरखा सेवा समाज कतार र एनआरएनए कतारले सम्मान गरेको हो।
- पन्तले प्रवासमा सम्मानप्रति धन्यवाद व्यक्त गर्दै रातोपाटीलाई अझै मजबुत बनाउने प्रतिबद्धता जनाए।
दोहा, कतार। रातोपाटीका म्यानेजिङ डाइरेक्टर तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अर्जुन पन्त दोहा, कतारमा सम्मानित भएका छन् ।
कतारमा सम्पन्न एआई विश्व सम्मेलनमा नेपाली पत्रकारहरूको प्रतिनिधित्व गर्न आएका पन्तलाई गोरखा सेवा समाज कतार र गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले शुक्रबार छुट्टाछुट्टै समारोहमार्फत खादा र सम्मान पत्र प्रदान गरेका हुन् ।
साथै, जनआस्था साप्ताहिकका पत्रकार बसन्त गिरीलाई पनि एनआरएनए कतारले सम्मान गरेको छ ।
गोरखा फुजेल घर भई करिब एक दशकदेखि पत्रकारितामा सक्रिय पन्तले समाचारमार्फत देश र जिल्लाको पहिचान अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न योगदान दिएको भन्दै दुवै संस्थाले उनलाई सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै पन्तले प्रवासमा गरिएको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै रातोपाटीले प्रवासी जीवनका संघर्ष, अनुभूति र समाचारलाई थप प्राथमिकतासाथ प्रस्तुत गर्दै जनप्रिय र भरपर्दो डिजिटल सञ्चारमाध्यमका रूपमा अझ मजबुत बन्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण