बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति

शनिबार, २७ मङ्सिर २०८२, ११ : २९
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सहमति विपरीत प्रतिनिधि मनोनित गरेकोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनाएको छ।
  • सचिवालय बैठकमा ६०÷४० को अनुपातमा प्रतिनिधि मनोनित गर्ने सहमति भए पनि ओली समूहले एकलौटी गरेको आरोप छ।
  • ईश्वर पोखरेल समूहले ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनित १०८ जना प्रतिनिधिको विषयमा गम्भीर असहमति जनाएको छ।

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सहमति विपरीत एकपक्षीय रूपमा प्रतिनिधि मनोनित गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनाएको छ ।

शुक्रबारको सचिवालय बैठकमा ओली र पोखरेल समूहले ६०/४० को अनुपातमा प्रतिनिधि मनोनित गर्ने सहमति भए पनि ओली समूहले एकलौटी गरेको भन्दै आपत्ति जनाएको हो ।

पोखरेल समूहका पत्रकार राजेश राईले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनित १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार ईश्वर पोखरेल समूहले गम्भीर असहमति जनाएको बताएका छन् ।

‘हिजोको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरू अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने कुराकानी भएको थियो’, राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर उक्त सहमति विपरीत एक पक्षीय रूपमा सूची सार्वजनिक गरिएपछि नेताहरूले आपत्ति जनाउनुभएको छ ।’ 

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप