धरहरा जस्तै अनेक धक्का चिरेर उठ्छौ : प्रदीप ज्ञवाली
शनिबार, २७ मङ्सिर २०८२, १३ : ५०
सारांश
- एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल जस्तै गौरव बोकेर उठ्ने दाबी गरे।
- उनले एमालेको महाधिवेशनमा न्यातपोल दरबार र धरहराको प्रतीक राख्नुको कारण खुलाए।
- ज्ञवालीले धरहराले जस्तै धक्का चिरेर एमाले उठ्ने बताए।
काठमाडौँ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने दाबी गरेका छन् ।
एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण रहेको उल्लेख गरे ।
‘न्यातपोल दरबारले चार चार वटा भूकम्प झेलेको छ र पनि गौरवको रूपमा रहेको छ’ उनले भने, ‘धरहरा हामीले नवनिर्माणको प्रतीकको रूपमा राखेका छौँ ।’
उनले धरहरा नवनिर्माणको प्रतीकको रूपमा रहेकोको उल्लेख गर्दै जस्तै धक्का चिरेर पनि एमाले उठ्ने बताए ।
‘हामीले सन्देश दिन खोजेका छौँ । न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहरा जस्तै धरहरा जस्तै धक्का चिरेर उठ्न सक्छौँ’ नेता ज्ञवालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण