मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेसँग सहकार्य गर्न जनमत पार्टी तयार छ : कुशवाहा

शनिबार, २७ मङ्सिर २०८२, १७ : ०२
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले एमालेसँग सहकार्य गर्न तयार रहेको बताए।
  • उनले देशको विषम परिस्थितिमा जनमत पार्टी नौलो गणतन्त्रका लागि सङ्घर्ष गरिरहेको बताए।
  • कुशवाहाले आगामी दिनमा पनि एमालेसँग सहकार्य हुने अपेक्षा लिएको बताए।

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले आफ्नो पार्टी एमालेसँग अझै सहकार्य गर्न तयार रहेको बताएका छन् । शनिबार एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् ।

उनले देशको विषम परिस्थिति जनमत पार्टी नौलो गणतन्त्रका लागि सङ्घर्ष रहेको.धारणा राखे । उनले प्रदेश सरकार पूर्ण रूपमा सञ्चालित नरहेको बताउँदै उनले एमालेसँग सदैव सहकार्यमा रहेको समेत बताए । 

आफ्नो पार्टी विगत तीन वर्षदेखि संसदीय राजनीतिमा रहेको बताउँदै उनले त्यसमा एमालेले देखाएको सद्भावप्रति धन्यवाद दिए । कुशवाहाले अगामी दिनमा पनि एमालेसँग सहकार्य हुने अपेक्षा लिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप