शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिले दिए एनपीएल विजेता टोलीलाई बधाई

शनिबार, २७ मङ्सिर २०८२, २० : २५
शनिबार, २७ मङ्सिर २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । 

उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । 

राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्- 'खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ ।'

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले पनि विजेता टोलीलाई बधाई दिएकी थिइन् । 

लुम्बिनी लायन्सले दोस्रो संस्करको एनपीएल उपाधि भिडन्तमा सुदूपश्चिम रोयल्सलाई पराजित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप