एनपीएल उपाधि विजेता लुम्बिनीलाई जनार्दन शर्माको बधाई
काठमाडौँ । प्रलोपाका नेता जनार्दन शर्माले लुम्बिनी लायन्सलाई दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलण उपाधि जितेकोमा बधाई तथा शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत उपविजेता बनेको सुदूरपश्चिम रोयल्सको प्रदर्शनको पनि प्रशंसा गरे ।
नेता शर्माले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपाल प्रिमियर लिग–२ को फाइनलमा लुम्बिनी लायन्सले उपाधि जितेकोमा हार्दिक बधाई ! उपविजेता बनेको सुदूरपश्चिम रोयल्सको प्रदर्शनलाई पनि प्रशंसा गर्दछु । साथै, प्रतियोगितामा सहभागी सबै टिमको आगामी दिनमा थप प्रगतिको कामना गर्दछु ।'
उनले थप भनेका छन्, 'क्रिकेटले आज नेपाललाई एकताको सूत्रमा बाँधेको छ र विश्वसामु देशको गौरव बढाएको छ । भविष्यमा नेपाली क्रिकेटले अझ ठुलो सफलता प्राप्त गरोस्, हार्दिक शुभकामना !
शनिबार राति भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक एनपीएल च्याम्पियन बनेको हो । यसअघि पहिलो संस्करणमा पनि सुदूरपश्चिम जनकपुरसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण